Wednesday, April 17, 2024
spot_imgspot_imgspot_imgspot_img
Homeखेलकुदअन्जिला र गीता सम्मिलित सेथुलाई चौथो स्थान

अन्जिला र गीता सम्मिलित सेथुलाई चौथो स्थान

भारतको शिर्ष महिला लिगमा खेलिरहेका नेपालका दुई राष्ट्रिय महिला खेलाडीद्वय अन्जिला सुब्बा र गीता राना सम्मिलित सेथु फुटबल क्लबले यस सिजन लिगतालिकाको चौथो स्थानमा रहेर सिजनको समापन गरेको छ ।

लिग चरणको आफ्नो अन्तिम खेलमा सेथुले होप्स फुटबल क्लबलाई ३–१ ले हराउँदै लिगमा सुखद समापन गर्न सफल भएको हो । सेथुका लागि कविया पकिरासामी, करेन एस्ट्रोसियो र लिशम बबिना देवीले गोल गरे । उता होप्सका लागि नेहाले एक मात्र गोल गरेकी थिईन् ।

यो नतिजापछि १२ खेलबाट १७ अंक जोडेको सेथु लिगतालिकाको चौथो स्थानमा रहेर सिजन समापन गर्न सफल भयो । पराजित होप्स भने १६ अंकका साथ पाँचौं स्थानमा रहेर सिजनको समापन गरेको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- NewStarFc -spot_imgspot_imgspot_imgspot_img

Most Popular

Recent Comments