24.1 C
Kathmandu
Friday, September 20, 2024
spot_imgspot_imgspot_img
Homeविज्ञानउज्यालो नेपालका नायक कुलमान घिसिङ पुनः ४ बर्षका लागि विद्युत प्राधिकरणका कार्यकारी...

उज्यालो नेपालका नायक कुलमान घिसिङ पुनः ४ बर्षका लागि विद्युत प्राधिकरणका कार्यकारी प्रमुखमा


राम्रो दृष्टि/ १३ अगस्ट, कुवेत।
सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गरेको छ। उनले आजै उर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा पुगेर नियुक्ति लिई पदभार ग्रहण गरिसकेका छन्।

उनलाई उर्जामन्त्री पम्फा भुसालले ४ वर्षे नियुक्तिपत्र प्रदान गरिन्। गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कुलमानलाई कार्यकारी निर्देशकमा नियुक्ति गर्ने निर्णय गरेको थियो। मन्त्रिपरिषद्को बैठकले कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई भने विशिष्ट श्रेणी (सचिव) सरह र अहिले खाईपाई आएको सेवा सुविधालाई यथावत राखी जल तथा उर्जा आयोगको पूर्णकालीन सदस्यमा ४ वर्षका लागि नियुक्त गरेको छ। पदभार ग्रहण गरेसँगै कुलमानले प्राधिकरणमा आफ्नो दोस्रो इनिङ जीवनकै ठूलो चुनौती भएको बताएका छन्। सरकार र जनताले चाहेका कारण आफ्नो पुनरागमन भएको बताउँदै उनले सबैसँग सरसल्लाह गरेर अघि बढ्ने बताए।

पेशाले इञ्जिनियर घिसिङको जन्म रामेछापमा वि.सं. २०२७ मंसिर १० गतेका दिन भएको हो। रामेछापको दुर्गम बेथान गाविसमा बुवा कृपासिंह घिसिङ तामाङ र आमा स्व. सेतीडोल्मा घिसिङ तामाङका साइला सुपुत्र कुलमानका ६ जना दाजुभाइ र ३ जना दिदीबहिनी छन्।

उनीकी श्रीमती दीपा तामाङ हुन्। घिसिङले कक्षा पाँचसम्मको अध्ययन गाउँकै प्राथमिक विद्यालयमै गरे। त्यसपछि उनको अध्ययन यात्रा काठमाडौंबाट अघि बढ्यो। दाजुहरुका साथमा उनी पनि काठमाडौं आए। र, अमरआदर्श आवासीय माविबाट पढाई अघि बढाए। वि.सं. २०४३ सालमा एलएलसी पास गरेका घिसिङले उच्च शिक्षा भारतबाट आर्जन गरेका छन्।

काठमाडौंको अमृत साइन्स क्याम्मपसबाट आइएस्सी उतीर्ण गरेका घिसिङले सन् १९९४ मा भारतमा जम्सेदपुरबाट इलेक्ट्रिकल इञ्जिनियरिङको अध्ययन पूरा गरेका छन्। पुल्चोक इञ्जिनियरिङ क्याम्पसबाट उर्जा प्रणालीमा स्नातकोत्तर गरेका घिसिङले पोखरा विश्वविद्यालयबाट इएमबीए गरेका हुन्।

नेपालबाट पढ्नकै लागि भारतको जम्सेदपुर गएका घिसिङ २०५१ सालतिर नेपाल फर्किए। जागिरे जीवनको सुरुवातमा उनी नेपाल विद्युत प्राधिकरणमा सातौं तहको इञ्जिनियर भए।

काम गर्ने क्रममा घिसिङको सरुवा रसुवाको चिलिमे जलविद्युत परियोजनामा भयो। चिलिमेमा उनी प्रबन्ध सञ्चालकको जिम्मेवारीमा गए। उनले चिलिमेलाई मुलुकको नमूना जलविद्युत आयोजनाको रुपमा विकास गरे। चिलिमे जलविद्युतमा वि.सं. २०६७ साउनदेखि २०७१ असारसम्म प्रबन्ध सञ्चालक रहेका घिसिङकै नेतृत्वमा चिलिमेकै आम्दानीबाट रसुवागढी जलविद्युत, मध्यभोटेकोसी, साञ्जेन माथिल्लो परियोजनाको थालनी गरियो।

समय क्रमसँगै उनलाई आयोजनाबाट काठमाडौं फिर्ता बोलाइयो। दुई वर्ष ‘बिजिनेस’ विहीन भएका घिसिङलाई वि.सं. २०७३ साल भदौ २९ गतेको मन्त्रिपरिषदको बैठकले विद्युत प्राधिकरणको प्रबन्ध निर्देशकमा नियुक्त गरेको हो। चिलिमे जलविद्युतको शेयर आमनागरिकहरुबाट विद्युत क्षेत्रका दलालले खोस्न थालेपछि घिसिङकौ अगुवाईमा एउटै गाउँ ७ करोड रुपैयाँ बराबरको शेयर फिर्ता भएको थियो।

जसबाट रसुवाका नागरिक उनलाई प्रिय मान्न थाले। तर, दलालहरुका आँखामा उनी कसिंगर भएर बिझाउन थाले। यही घटनाले नै एमाले कार्यकर्ता र दलालको बहकावमा लागेर तत्कालीन उर्जामन्त्री ज्ञवालीले घिसिङलाई काम गर्न नदिएको प्राधिकरण स्रोतले जनाएको छ।

कुलमानका काम गर्ने ६ शुत्र

योजनाबद्ध काम गर्न रुचाउने कुलमान घिसिङले एकपछि अर्को कामको सूची तयार गरेका छन्। उनको कामको सूची यस प्रकार छः

१, आवश्यकता अनुसार विद्युत आपूर्ति। २, गुणस्तरीय बिजुली। ३, भरपर्दो आपूर्ति। ४, सुरक्षित विद्युत। ५, वातावरणीय आउटलुक ६, प्रभावकारी सेवा प्रवाह

घिसिङका अनुसार अहिले पनि आवश्यकता अनुसारको विद्युत आपूर्ति हुन सकेको छैन। ‘स्तरीय भोल्टेज, राम्रो भोल्टेज अहिले पनि दिइसकिएको छैन,’ उनले भने, ‘हामी अहिले यसको समाधानमा कोसिसमा छौं।’

उनले सडकमा यत्रतत्र टाँगिएका तारलाई व्यवस्थित गर्ने र सहरमा देखिएका कुरुपता हटाउनका लागि भूमिगत रुपमा तार बिछ्याउने योजना रहेको जनाएका छन्।

अहिले बेला–बेला विद्युत आपूर्ति बन्द भएको स्वीकार्दै घिसिङले यसको निराकरण आवश्यक रहेका उल्लेख गरे। वातारवणीय प्रभाव र प्रभावकारी सेवा दिन प्राधिकरण प्रतिवद्ध रहेका उनले बताएका छन्।

‘विद्युत कहिल्यै नजाने गरिको प्रविधि ल्याउनु पर्छ,’ उनले भने, ‘थौरे समय लाग्छ, तर धेरै कामको रिजल्ट हामी दिँदैछौं।’ घिसिङले सहरदेखि गाउँसम्म विद्युत विस्तार गर्न ग्रामीण विद्युतीकरणलाई तीव्रताका साथ अघि बढाउनु पर्ने बताएका छन्।

राधा ज्ञावालिको बक्रदृष्टि र जनार्दन शर्माको साथ

वि.सं. २०७१ सालमा तत्कालीन ऊर्जामन्त्री राधा ज्ञवालीले घिसिङलाई नेपाल विद्युत प्राधिकरणमा फिर्ता बोलाइन्। तर, उनका लागि ज्ञवालीको त्यो कदम नयाँ अवसरको रुपमा सिर्जना भयो।

वि.सं. २०७१ असोजमा घिसिङ प्राधिकरणको निर्देशक भए। ११ तहमा बढुवा भएर निर्देशक बनेकका घिसिङलाई नयाँ जिम्मेवारी दिइयो। राहुघाट जलविद्युत आयोजना प्रमुखको जिम्मेवारी पाएका उनी जनार्दन शर्मा उर्जामन्त्री भएपछि नेपाल विद्युत प्राधिकरणको प्रबन्ध निर्देशक भए।

तर, स्थायी जागिरबाट राजीनामा दिएर घिसिङले प्राधिकरणको प्रबन्ध निर्देशकलेको जिम्मेवारी थालेका हुन्। उनी भन्छन्, ‘सरकारको योजनाअनुसार हामी काम गरिरहेका छौं, हाम्रो टिम माथिदेखि तल्लोस्तरसम्म नै सशक्त छ।’

दिल कुमार पाख्रिन
दिल कुमार पाख्रिनhttps://rdcreationonline.com
दिलकुमार पाख्रीन आर डि क्रीएशन अनलाइन डट कमको प्रधानसम्पादक हुन। उनले यो भन्दा पहिले परदेशी खबर डट कममा सहप्रधान सम्पादकको रुपमा र नेपालका केही राष्ट्रिय मिडियामा समेत रिपोर्टिङ गरिसकेका छन।
RELATED ARTICLES
- Advertisment -spot_imgspot_imgspot_imgspot_img

Most Popular

Recent Comments