Thursday, January 22, 2026
spot_img
Homeगृहपृष्ठकल्याणकारी नेपाली युवा समाज कुवेतद्वारा "कल्याणकारी सांगितिक धमाका-2018" भव्य सम्पन्न

कल्याणकारी नेपाली युवा समाज कुवेतद्वारा “कल्याणकारी सांगितिक धमाका-2018” भव्य सम्पन्न

आर डि क्रीएशन/ १५ डिसेम्बर, कुवेत। कल्याणकारी नेपाली युवा समाज कुवेतद्वारा अनाथ बालबालिकाहरुको सहयोगार्थ च्यारिटी शो “कल्याणकारी सांगितिक धमाका-2018” हिजो कुवेतको ज्लिब स्थित सेन्ट्राल इन्डियन स्कुलको हलमा सम्पन्न भएको छ। नेपालबाट अत्यन्तै चर्चित गायक तथा मोडल दुर्गेश थापाको विशेष प्रस्तुतिहरुको साथमा सो कार्यक्रम भव्य सम्पन्न भएको हो।

नेपाली राजदूतावास कुवेतका श्रम सहचारी ज्ञानेद्र शर्माको प्रमुख अतिथी, कल्याणकारी नेपाली युवा समाज कुवेतका उपाध्यक्ष प्रदिप कार्किको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रम नेपाल कुव्व्त साँस्कृतिक मञ्चका निवर्तमान अध्यक्ष माधाव शर्मा र कोशेलिका प्रधान सम्पादक आनन्द आचार्यले सञ्चालन गरेका थिए। कुवेतका केही विशेष ब्यक्तित्वहरुको शुभकामना मन्तव्य र स्थानिय कलाकारहरुको प्रस्तुति संगै अगाडी बढेको कार्यक्रमको स्वागत मन्तव्य आयोजक संस्थाका महासचिव रवि राइले राखेका थिए।

दर्शकको निक्कै बाक्लो उपस्थिति रहेको कार्यक्रम विविध कारण दर्शाउँदै तोकिएको समय भन्दा झन्डै दुई घन्टा ढिलो शुरु भएको थियो। तर कार्यक्रमको गति संगै अतिथी कलाकार दुर्गेश थापाको प्रस्तुतिमा नाच्नेहरुको जोश पनि बढिरहेको थियो। दुर्गेश थापाले राष्ट्रप्रती समर्पित गितबाट सुरु गरेको आफ्नो प्रस्तुतिमा झन्डै एक दर्जनभन्दा बढी गीतहरु रहेको थियो। दुर्गेशको गीत सक्किने बित्तिकै नाच्नेको संख्याको “वान्स मोर” भन्ने हल्लाले हलमा अझ बढी रौनक थपिएको आभास गर्न सकिन्थ्यो।

अतिथि कलाकार हिजोको आफ्नो प्रस्तुती सकिने बित्तिकै नेपाल प्रस्थान गरिसकेको आयोजकले जानकारी गराएका छन।

विजय धामी
विजय धामीhttps://rdcreationonline.com
बिजय धामी नेपालका एक स्वतन्त्र पत्रकार हुन्। उनी लामो समयदेखि नेपाली मिडियामा सक्रिय छन् र विशेषगरी टेलिभिजन पत्रकारिताको क्षेत्रमा उनको उल्लेखनीय योगदान रहेको छ। यसरी बिजय धामी आजका नेपाली पत्रकारिता क्षेत्रका अग्रणी र अनुभवी पत्रकारहरू मध्ये एक हुन्।
RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments