Sunday, November 9, 2025
spot_img
Homeस्वास्थ्यकुवेतमा एक जना पहिलो नेपाली कोरोना भाइरसद्वारा मृत्यु, कुवेतमै अन्त्यष्टि हुने।

कुवेतमा एक जना पहिलो नेपाली कोरोना भाइरसद्वारा मृत्यु, कुवेतमै अन्त्यष्टि हुने।

दिलकुमार पाख्रीन/ २२ मे, कुवेत। कुवेतमा कोरोना भाइरसका कारण पहिलो एक जना नेपालिको मृत्यु भएको छ। मृत्यु हुनेमा 06917026 नम्बरको राहदानी वाहक ललितपुर जिल्ला किर्तिपुर पाँगाका ३८ बर्षिय बिकास महर्जन रहेको पुष्टि भएको छ। उनी केही दिनदेखी कुवेतको फर्वानिया हस्पिटलमा उपचाररत थिए। उनको उपचारकै क्रममको उनको मृत्यु भएको हो।

मृतक महर्जन १८ बर्षदेखि कुवेतमा कार्यरत थिए। आज सम्म कुवेतमा बिकास महर्जन सहित १३८ जनाले कोरोना भाइरसका कारण ज्यान गुमाएका छन। कोरोना भाइरसका कारण ज्यान गुमाउनेमा नेपालीमा बिकास पहिलो ब्यक्ती हुन। कोरोना भाइरसका कारण मृत्यु भएका कारण उनको शव नेपाल पठाउन नसकिने भएको छ। नेपालमा उनका परिवारलाइ जानकारी गराइ कुवेतमै अन्त्यष्टि गरिने नेपाली दूतावास स्रोतले जानकारी दिएको छ।

दिल कुमार पाख्रिन
दिल कुमार पाख्रिनhttps://rdcreationonline.com
दिलकुमार पाख्रीन आर डि क्रीएशन अनलाइन डट कमको प्रधानसम्पादक हुन। उनले यो भन्दा पहिले परदेशी खबर डट कममा सहप्रधान सम्पादकको रुपमा र नेपालका केही राष्ट्रिय मिडियामा समेत रिपोर्टिङ गरिसकेका छन।
RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments