Wednesday, February 18, 2026
spot_img
Homeगृहपृष्ठकुवेतमा नेपालिहरुको बिकृती: आमा र बाउ नेपालमा बच्चा कुवेतमै अलपत्र।

कुवेतमा नेपालिहरुको बिकृती: आमा र बाउ नेपालमा बच्चा कुवेतमै अलपत्र।

दिलकुमार पाख्रीन/२२ अगस्ट, कुवेत। रोजगारिको सिलसिलामा लगभग ६५/७० हजार नेपाली कामदारहरु कुवेतमा कार्यरत छन। रोजगारिकै लागि लगभग एक दशक पहिले एक जना फलानो नेपालको पश्चिम तिर बाट र अर्कि एकजना फलानी नेपालको पुर्वतिरबाट आएकाहरुको एक आपासमा भेट हुन्छ। उनिहरु दुवै जनाको आ आफ्नो परिवार छन नेपालमा। परिवारलाइ नै सुखमा राख्ने, आफ्ना बच्चाहरुका च्यातिएका कपडा फेर्ने उदेश्यले कुवेत आइपुगेका उनिहरु बिच माया पिरेम साटासाट हुन थाल्छ।

दुवै जना घर परिवार बालै फरर भनेर आफू कार्यरत कम्पनी/स्पोन्सर छोडेर इल्लिगल भएर संगै बस्न थाल्छन। त्यतिबेला उनिहरुलाइ लाग्यो होला त्यो पाएपछी सबै कुरा पूरा हुन्छ। तर के हुन्थ्यो त्यो पाए पनि अन्य समस्याहरु त जस्ताको त्यस्तै हुन्छ। उनिहरुको पनि त्यस्तै भयो।

मोया पिरती जति पुरानो हुँदै गयो पेटको बच्चाले पनि संसार हेर्न हतार गरिरहेको थियो। नभन्दै एक दिन ती गलानो जोडिको मोया पिरतिको चिनो स्वरुप प्लुत्त बच्चा जन्मियो। कुवेतमा विवाह दर्ताको प्रमाणपत्र लिएर हस्पिटलमा जन्माएको बच्चालाइ मात्र लिगल अर्थात ती बाउ आमाको बच्चा मान्यता पाउँछ। तर ती फलानो जोडि त इल्लिगल थिए। आ आफ्नो घर परिवार पनि छन नेपालमा। उनिहरु संग विवाह दर्ताको प्रमाणपत्र पनि छैन। भनेपछी बच्चा त सिधै इल्लिगल हुने भयो। दुख पाल्दै थिए। बच्चाले पनि तीन बर्ष पुगि सकेछ।

कु कार्यको फल एक न एक दिन पर्दाफास हुन्छ नै! एक दिन कामबाट फर्केर कोठा आउँदै गर्दा आमा बाबा दुवै जनालाइ अवैधानिक हैसियतले रहेको आरोपमा कुवेत पुलिसले पक्राउ गरि देश निकाला गरेर नेपाल पठाउँछ। बच्चा यता बिचल्लित हुन्छ।

कथा यहिँ सकिँदैन। अब ती बच्चालाइ नेपाल पठाउन भनेर NRNA कुवेत र नेपाली दूतावासले पहल गर्‍यो। बच्चा र आमा बाउ बनेर नेपाल लैजाने सबैको ट्राभल डकुमेन्ट बनाइ दिइयो। ट्राभल डकुमेन्ट भएपछी पुलिसले नसमात्ने भए पछि ती डुब्लिकेट बाउले मदिरा सम्बन्धी काम गर्न सुरु गरे, जुन कुवेतमा अवैधानिक ठहर्छ। र यसको सजाय स्वरुप देश निकाला गरिन्छ। अवैधानिक मदिरा सम्बन्धी काम गर्दा निक्कै राम्रो आम्दानी भैरहेको भएर उनिहरु नेपाल जाने भनेर दूतावासले बोलाउँदा गएनन। अन्तत ट्राभल डकुमेन्टको म्याद सकियो। त्यसपछी उनिहरु नेपालबाट सञ्चालित यु ट्युब च्यानल युवा मन नेपालमा म पिडित हुँ मलाइ जसरी भए पनि उद्दार गर्नु। मलाइ NRNA दूतावास र कुनै संघ संस्थाले हेरेनन उद्दार गरेनन भन्दै भिडियोमा प्रस्तुत भए। उक्त भिडियो रातारत भाइरल भयो। यु ट्युबरले पनि त्यसको भित्री पाटो अध्यान नगरी भिडियो सार्बजनिक गर्‍यो।

पछि यस्तो भिड्यो आइसकेपछी NRNA ले युट्युबर संग कुरा कानी गरि भित्री पाटो बुझाउँदा अहिले ती बच्चा नेपाल पठाउन लाग्ने लागत त्यही यु त्युब च्यानलले बेहोर्ने भएको छ। र बच्चा नेपाल पठाउन आवस्यक प्रक्रिया अघि बढी सकेको छ।

दिल कुमार पाख्रिन
दिल कुमार पाख्रिनhttps://rdcreationonline.com
दिलकुमार पाख्रीन आर डि क्रीएशन अनलाइन डट कमको प्रधानसम्पादक हुन। उनले यो भन्दा पहिले परदेशी खबर डट कममा सहप्रधान सम्पादकको रुपमा र नेपालका केही राष्ट्रिय मिडियामा समेत रिपोर्टिङ गरिसकेका छन।
RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments