इटहरी — सुनसरीको बराहक्षेत्रस्थित सप्तकोशी नदीमा नुहाउने क्रममा मामा र भान्जा बेपत्ता भएका छन्।
बेपत्ता हुनेमा इटहरी–१६, बालग्रामका १६ वर्षीय जेनिस आचार्य र उनका मामा, खोटाङ जिल्लाको कोपिलास गाउँपालिका–४ निवासी ४० वर्षीय नवराज बास्तोला रहेका छन्।
प्रहरीका अनुसार सोमबार बिहान करिब ८:३० बजे बराहक्षेत्र मन्दिर नजिकै कोशी नदीमा नुहाउने क्रममा जेनिस डुब्न थालेपछि उनलाई बचाउन खसेका मामा नवराज पनि बेपत्ता भएका हुन्।

बेपत्ता दुवैजनाको खोजी कार्यमा सशस्त्र प्रहरी बल पकली र इनरुवाबाट खटिएको टोली, स्थानीय बासिन्दा तथा सुरक्षाकर्मी सक्रिय रहेको इलाका प्रहरी कार्यालयले जनाएको छ।
सम्बन्धित निकायले खोजी कार्यलाई तीव्र बनाएको छ भने घटनाबारे थप जानकारी संकलन भइरहेको प्रहरीले जनाएको छ !
The post कोशीमा नुहाउने क्रममा मामा–भान्जा बेपत्ता ! appeared first on itaharinews.com.