22.1 C
Kathmandu
Saturday, May 24, 2025
spot_img
Homeगृहपृष्ठगभर्नर नियुक्तिमा ओली र देउवाबीच सहमति RD Creation

गभर्नर नियुक्तिमा ओली र देउवाबीच सहमति RD Creation


काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली र सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त गर्ने सहमति भएको छ।

शनिबार साँझ दुई घण्टासम्म बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा भएको वार्तामा ओली र देउवाबीच एक साताभित्रै गभर्नर नियुक्ति गर्ने सहमति भएको हो । ‘उहाँहरुबीच यसै साता गभर्नर नियुक्तिको विषय टुंग्याउने सहमति भएको छ,’ स्रोतले सुनायो, ‘सम्भवतः आगामी बिहीबारसम्म नयाँ गभर्नर नियुक्त भइसक्ने छन् ।’

ओली र देउवा यसअघि नै डा. गुणाकर भट्टलाई नेपाल राष्ट्र बैंकको गभर्नर बनाउन सहमत भइसकेका छन् । गभर्नर नियुक्तिका लागि सरकारले अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा विजयनाथ भट्टराई र विश्व पौडेल सदस्य सहेको सिफारिस समिति गठन गरेको थियो । तर, सिफारिस समितिका सदस्य विजयनाथ भट्टराईले राजीनामा दिएका छन्।

- Advertisement -

सोमबार बस्ने मन्त्रिपरिषद् बैठकले सिफारिस समितिको रिक्त पदमा एक सदस्य नियुक्त गर्ने र बिहीबारसम्म गभर्नर नियुक्त गरिसक्ने समझदारी नेताहरूबीच बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो




RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments