27.1 C
Kathmandu
Sunday, July 14, 2024
spot_img
Homeगृहपृष्ठचट्याङबाट संखुवासभाको सभापोखरीमा ७२ भेडा मरे

चट्याङबाट संखुवासभाको सभापोखरीमा ७२ भेडा मरे

संखुवासभाको सभापोखरी गाउँपालिका-५ फाकुवामा चट्याङ लागेर ७२ भेडा मरेका छन् । जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक रामकुमार लामिछानेले गत शनिबार राति चट्याङ लागेर एकै गोठका ७२ वटा भेडा मरेका जानकारी दिए ।

सभापोखरी गाउँपालिका उपाध्यक्ष लक्ष्मी चापागाईंले सभापोखरी-५ का सोमबहादुर लिम्बूको चार सय भेडामध्ये ७२ वटा भेडा मरेको बताइन् । चापागाईँका अनुसार रातको समयमा हुरीसँगै असिना परेपछि रुखको फेदमा बसेका ती भेडा एकैठाउँ मरेको भेटिएको थियो ।

rdcreation
rdcreationhttp://www.rdcreationonline.com
बिजय धामी नेपालका एक स्वतन्त्र पत्रकार हुन्। उनी लामो समयदेखि नेपाली मिडियामा सक्रिय छन् र विशेषगरी टेलिभिजन पत्रकारिताको क्षेत्रमा उनको उल्लेखनीय योगदान रहेको छ। बिजय धामी आर डि क्रियशन अनलाइन डटकम को संचालक पनि हुन् ।
सम्बन्धित लेखहरू
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

हालका टिप्पणीहरू

Indra Shrestha on The haris is king