Skip to main content

Rd Creation

चितवन सेवा समाज कुवेतद्वारा कुबर आइसल्यान्डमा दिपावलिको शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना

आर डि क्रीएशन/ २३ अक्टोबर, कुवेत। चितवन सेवा समाज कुवेतले शुभ दिपावलिको अवसरमा बनभोज तथा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको छ। १६ अक्टोबरका दिन ४ घन्टाको पानी जहाजको यात्रामा पुगिने कुबर आइस्ल्यान्डमा यसपालिको शुभकामना आदानप्रदान कार्यक्रमको तय भएको चितवन सेवा समाजका अध्यक्ष नवीन लोप्चनले बताएका छन।

Advertisements

कुवेतको साल्मियाबाट ४ घन्टाको पानी जहाजको यात्रा ४ घन्टा स्वीमिङ तथा स्थान अवलोकन संगै पुनः ४ घन्टाको यात्रामा साल्मिया आइपुग्ने गरि १२ घन्टे कार्यक्रमको तय भएको उनले बताएका छन। पनि जहाजमा ७५ जना सम्म यात्रा गर्न सकिनेछ। उनले थप्दै भने “दिपावलिको अवसरमा कुवेतमा कार्यरत नेपाली सबैको लागि यो नयाँ ठाउँ घुम्ने अवसर बन्नेछ। चितवन सेवा समाजले आयोजना गरे पनि गैर चितवनेहरु जो कोहि पनि यो कार्यक्रममा सहभागी बन्न सक्नेछन। त्यसका लागि आगामी महिना नोभेम्बर २ तारिक भित्र मलाइ सम्पर्क गरेर सिट बुकिङ गरिसक्नुपर्नेछ। जसको लागि हामिले १० कुवेती दिनार शुल्क तोकेका छौँ।”

देशमा चाहे सांस्कृतिक रुपमा होस चाहे राजनैतिक रुपमा या त धार्मिक रुपमा नै विभिन्न पाटोबाट नेपाली समाज विखन्डित हुँदै गैरहेको बेला “अनेकतामा एकता, एकताको मन, हाम्रो प्यारो चितवन” भन्ने मुल मन्त्रका साथ कुवेतमा भएका सारा नेपालिहरुलाइ जोड्ने उदेश्यले उक्त कार्यक्रमको आयोजना गरेको अध्यक्ष लोप्चनले बताएका छन। बिहान ७ बजे देखीको सो कार्यक्रममा उपस्थित भइ आफ्नो शुभकामना आदानप्रदान तथा मनोरञ्जन लिन कुवेतवासी सबै नेपालीहरुलाइ उनले आव्हान गरेका छन।
खानाको ब्यबस्था आयोजक कमिटिद्वारा गर्नेछन।

सहभागिताको लागि सम्पर्क;
नवीन लोप्चन: ५१३६०८२०

Advertisements

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.