24.7 C
Kathmandu
Tuesday, May 13, 2025
spot_img
Homeगृहपृष्ठज्योति विकास बैंकको नाफा १०१ प्रतिशतले बढ्यो

ज्योति विकास बैंकको नाफा १०१ प्रतिशतले बढ्यो


काठमाडौं : चालु आर्थिक वर्षको ९ महिनामा ५ वटा राष्ट्रिय स्तरका विकास बैंकको खुद नाफा बढेको छ भने ३ वटाको घटेको छ ।

विकास बैंकहरुले सार्वजनिक गरेको तेस्रो त्रैमासिक विवरण अनुसार गत आवको सोही अवधिको तुलनामा ३ वटा विकास बैंकको खुद नाफा घटेको हो । नाफा वृद्धि गर्नेमा ज्योलि विकास बैंक अगाडी रहेको छ । ज्योतिले चालु आवको चैत मसान्तसम्म गत आवको सोही अवधिको तुलनामा १०१.१८ प्रतिशतले नाफा बढाएको हो । गत आवको चैत मसान्तसम्म यस विकास बैंकको नाफा १५ करोड २४ लाख रुपैयाँ थियो । चालु आवको चैत मसान्तसमम ३० करोड ६६ लाख रुपैयाँ पुगेको छ ।

यसैगरी, सांग्रिला डेभलपमेन्ट बैंकको खुद नाफ ६१.२३ प्रतिशतले वृद्धि भएको छ । गत आवको ९ महिनामा यस बैंकले २६ करोड ९३ लाख रुपैयाँ खुद नाफ आर्जन गरेको थियो । चालु आवको ९ महिनामा ४३ करोड ४२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यसैगरी, कामना सेवा विकास बैंकको खुद नाफा ४८.८४ प्रतिशतले बढ्दा महालक्ष्मी विकास बैंकको १६.८७ र गरिमा विकास बैंकको ७.३२ प्रतिशतले वृद्धि भएको छ ।

यो अवधिमा धेरै नाफा आर्जन गर्नेमा भने गरिमा अगाडी छ । गरिमाले चैत मसान्तसम्म ७३ करोड ३४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो




RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments