26.1 C
Kathmandu
Tuesday, July 16, 2024
spot_img
Homeअरब विशेषतनहुँ सम्पर्क समाज कुवेतको नाम परिवर्तन, १२ जुलाईमा हुने अधिवेशनको तयारी तीव्र

तनहुँ सम्पर्क समाज कुवेतको नाम परिवर्तन, १२ जुलाईमा हुने अधिवेशनको तयारी तीव्र

कुवेत – तनहुँ सम्पर्क समाज कुवेतको नाम परिवर्तन भएको छ । समाजको आज बसेको बैठकले नाम परिवर्तन गरी तनहुँ सेवा समाज कुवेत राखेको छ । यसभन्दा अगाडी समाजको नाम तनहुँ सम्पर्क समाज कुवेत थियो समाजले आगामी १२ जुलाईमा हुने तेश्रो अधिवेशन तथा नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्म जयन्ती कार्यक्रमको तयारी तीव्र पारेको छ । तनहुँका विभिन्न ठाउबाट कुवेत आएर कर्मथलो बनाईरहेका तनहुँङेहरुको हरेक समस्या समाधान गर्ने साथै नेपालमा कृषीमा लगानीलाई प्राथमिकता दिने हुतुले समाजको स्थापना भएको जनाउदै सामाजले पुराना र नयाँ कार्यसमिती सबैलाई समाबेश गर्ने राजेन्द्र रसाईली बिरहीले बताएका छन । कुवेतमा सन् २००९ मा स्थापना भएको समाजले आदिकवि भानुभक्त आचार्यको जन्म जयन्तीको अवसर पारेर साहित्य सम्बन्धि लेख, रचना र रामायण वाचन साथै मगर समुदायको कौडा नाचको प्रस्तुति सहित तेश्रो अधिवेशन र विविध सांस्कृतिक कार्यक्रम कुवेतस्थित फर्वानियामा रहेको सेफ नौशाद सिग्नेचर रेष्टुरेण्टको सभाहलमा दिनको ठिक १२ बजेदेखी गर्ने जनाएको छ । उक्त दिन कुवेतमा कृयाशिल सम्पूर्ण नेपाली सँघ संस्थाका अध्यक्ष / प्रतिनिधि, पत्रकार, कलाकार, खेलाडी, व्यवसायी एवं बुद्धिजिवि र तनहुँबाट कुवेतमा आई कार्यरत रहेका तनहुँवासी साथै नेपाली दाजुभाई तथा दिदिबहिनिहरुलाई कार्यक्रममा उपस्थित भई शोभा बढाईदिनको निम्ति समेत कार्यक्रम संयोजक सोम खत्रीले अनुरोध गरेका छन ।

rdcreation
rdcreationhttp://www.rdcreationonline.com
बिजय धामी नेपालका एक स्वतन्त्र पत्रकार हुन्। उनी लामो समयदेखि नेपाली मिडियामा सक्रिय छन् र विशेषगरी टेलिभिजन पत्रकारिताको क्षेत्रमा उनको उल्लेखनीय योगदान रहेको छ। बिजय धामी आर डि क्रियशन अनलाइन डटकम को संचालक पनि हुन् ।
सम्बन्धित लेखहरू
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

हालका टिप्पणीहरू

Indra Shrestha on The haris is king