28.1 C
Kathmandu
Tuesday, July 16, 2024
spot_img
Homeसमाचारथारु महिलाको सिप उजागर गर्न तालिम

थारु महिलाको सिप उजागर गर्न तालिम

रामधुनी स् थारु महिला सभा रामधुनी नगर कमिटीको आयोजना तथा रामधुनी नपाको सहयोगमा हस्तकला सिप सम्बन्धि तालीम झुम्कामा सम्पन्न भएको छ ।

लोप हुने अबस्थामा रहेकोे हस्तकला सिप उजागर गर्न सिप बिकास कार्यक्रम सम्पन्न भएको हो । तलिममा सहभागीहरुलाइ  खर र कुश बाट बनाइने मना, धमा, ढकिया बनाउने सिप सम्बन्धि तालीम प्रदान गरीएको छ । सोमबार तालिमको समापन समारोहमा प्रमुख अतिथी रामधुनी नपाका उपप्रमुख तारा थापाले थारु समुदायको मौलिक सस्कृती झल्कने सिप मुलक कार्यक्रम नमुना रहेको बताउनुभयो  । वहाले आफ्नो पन कला सस्कृती जगेर्ना गर्नु पर्ने र यसलाइ उधम बिकासको रुपमा बिकास गरी रामधुनिको पहिचान बनाउनु पर्नेमा जोड दिनुभयो । वहाले तालीममा सहभागी ३५ जनालाइ प्रमाणपत्र बितरण गर्नुभयो । कार्यक्रममा सुनसरी जिल्ला समन्बय समितिका सदस्य लाल कुमारी चौधरीले हस्तकला बाट बनाइने सामग्री घरेलु र बिबाहका काममा उपयोगी रहेको बताउनुभयो ।

रामधुनी १ का वडा अध्यक्ष महेश चौधरीले थारु जातिको भाषा सस्कृती लोप हुने अबस्थामा रहेकोले संरक्षण गर्नु पर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा थारु महिला सभा सुनसरी कमिटीका अध्यक्ष शुसिला चौधरी, ग्रामथान संरक्षण समिति रामधुनी नगर कमिटीका अध्यक्ष सिता चौधरी,  थारु महिला उत्थान समाज रामधुनिका अध्यक्ष आशा चौधरी , आमोदेबी चौधरी , चमैली चौधरी , कबिता चौधरी लगायतका बक्ताले थारु महिलामा रहेको पौराणिक हस्तकला सिप बिकास गर्नु पर्ने धारणा राख्नुभयो ।

कार्यक्रम आयोजक कमिटीका अध्यक्ष लिलि चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो । सिप बिकास कार्यक्रम गत बैशाख २३ गतेदेखि जेठ ७ गते सम्म सन्चालन भएको थियो ।

rdcreation
rdcreationhttp://www.rdcreationonline.com
बिजय धामी नेपालका एक स्वतन्त्र पत्रकार हुन्। उनी लामो समयदेखि नेपाली मिडियामा सक्रिय छन् र विशेषगरी टेलिभिजन पत्रकारिताको क्षेत्रमा उनको उल्लेखनीय योगदान रहेको छ। बिजय धामी आर डि क्रियशन अनलाइन डटकम को संचालक पनि हुन् ।
सम्बन्धित लेखहरू
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

हालका टिप्पणीहरू

Indra Shrestha on The haris is king