23.1 C
Kathmandu
Monday, May 19, 2025
spot_img
Homeगृहपृष्ठदाङमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, १४ जना घाईते

दाङमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, १४ जना घाईते


बैशाख ५, दाङ । दाङमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा १४ जना घाईते भएका छन ।

- Advertisement -

कृष्णनगरबाट तुलसीपुरतर्फ आउँदै गरेको बा ३ ख ७९९६ नम्बरको बस शुक्रबार साँझ राप्ती–५ लठह्वामा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार एक जनाको घटनास्थलमै र एक जनाको उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा राजपुर गाउँपालिका–५ निवासी ५६ वर्षीय निलसरोज यादव र घाेराही उपमहानगरपालिका बनगाउँ निबासी पुस्पा डाँगीको मृत्यु भएको हो ।

दुर्घटनामा परेर लमही नगरपालिका –५ निवासी २५ वर्षकी संगिता जिसी, घोराही उपमहानगरपालिका –५ सेजवाल टोल निवासी वर्ष ५० की चोपिकला खत्री, वर्ष ५० का बल बहादुर खत्री, प्यूठान नगरपालिका –६ निवासी २७ वर्षकी अनिशा गुरुङ, सुमित्रा गुरुङ र भावना गुरुङ घाईते भएका छन ।

- Advertisement -

त्यसैगरी लमही नगरपालिका –४ निवासी २४ वर्षकी रासु थापा, घोराही उपमहानगरपालिका –१० निवासी ४२ वर्षका ललित वली, कपिलवस्तु शिवराज नगरपालिका –२ निवासी २८ वर्षकी सरस्वती घर्तीमगर, उनको ४ महिनाकी छोरी रिया घर्तीमगर, कपिलवस्तु शिवराज नगरपालिका निवासी ४१ वर्षकी मनकुमारी घर्ती, प्यूठान नगरपालिका –३ निवासी शिव बहादुर गुरुङको ५ वर्षका छोरा प्रभास गुरुङ, लमही नगरपालिका –५ निवासी वर्ष २५ का सहिद हुसेन र कपिलवस्तु नगरपालिका –४ निवासी वर्ष २३ की शवनम नाउ घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरूको सिसहनियाँ र लमहीमा उपचार भइरहेको छ ।

तीव्र गतिमा रहेको बस अनियन्त्रित भई दुर्घटनामा परेको प्रत्यक्षदर्शीले जानकारी दिएका छन् ।

- Advertisement -


10