23.1 C
Kathmandu
Monday, May 19, 2025
spot_img
Homeगृहपृष्ठनेपाली दूतावास कुवेतद्वारा आयोजित अन्तरक्रिया कार्यक्रम सम्पन्न

नेपाली दूतावास कुवेतद्वारा आयोजित अन्तरक्रिया कार्यक्रम सम्पन्न

दिलकुमार पाख्रीन/१२ जनवरी, कुवेत। नेपाली दूतावास कुवेतद्वारा आयोजित श्रमिकरहरुको हकहित प्रवर्द्धन एवं समस्या समाधान अन्तरक्रिया कार्यक्रम हिजो नेपाली दूतावास कुवेतको सभा हलमा कुवेतका लागि महामहिम राजदूत यज्ञबहादुर हमालको सभापतित्वमा सम्पन्न भएको छ। कार्यक्रममा नेपाली कामदार भएका थुप्रै कम्पनिका प्रतिनिधि, कानून व्यवसायी, संघ संस्थाका प्रतिनिधिहरु तथा थुप्रै कुवेतमा श्रम गरिरहेका नेपालिहरु उपस्थित भएका थिए। तोकिएकै समयमा सुरु गरिएको यो कार्यक्रम नेपाली दूतावास कुवेतका तृतीय सचिव मनोज सिंहले सञ्चालन गरेका थिए। सामान्यतया कुवेतमा हुने विभिन्न खाले कार्यक्रम तोकिएको समय भन्दा निक्कै अवेर हुने गर्दछ। तर हिजो नेपाली दूतावासद्वारा आयोजित कार्यक्रम तोकिएकै समयमा सुरु भएकोमा उपस्थित सबैले खुसी व्यक्त गरेका छन।

- Advertisement -

कार्यक्रममा दूतावास कुवेतका द्वितिय सचिव ज्ञानबहादुर मगरले कुवेतमा कार्यरत नेपालिहरुले जान्नै पर्ने कुराहरु र कुवेतको कानून सम्बन्धी प्रेजेन्टेशनद्वारा छिटकरिमा जानकारी गराएक थिए। त्यस्तै कुवेती कानून व्यवसायी (वकिल)ले पनि कुवेतमा कार्यरत कामदार सम्बन्धी जन्नै पर्ने कानूनी पक्षहरु आफ्नो मन्तव्यद्वारा प्रस्तुत गरेका थिए।

सधौंको भन्दा अलि बाक्लो उपस्थितिमा सम्पन्न सो कार्यक्रममा थुप्रै जनजगुनासोहरु, प्रश्न उत्तर र केही जानकारिहरु उठान भएका थिए। उपस्थितिबाट आएका श्रम सम्बन्धिका प्रश्नलाइ दूतावासका श्रम सहचारी ज्ञानेन्द्र शर्माले समाधान सहितको जवाफले सम्बोधन गरेका थिए भने अन्य विविध विसयमा द्वितीय सचिव ज्ञानबहादुर मगरले उठान भएका सवालहरुको जवाफ दिएका थिए।

सोही कार्यक्रममा NRNA/NCC कुवेतले पनि नेपाली कामदार, नेपाली दूतावास तथा कुवेतबाट सञ्चालित नेपाली मिडियाहरु बारे मन्तव्यद्वारा आफ्नो धारणा राखेका थिए। NRNA/NCC कि अध्यक्ष सुमित्र देवि पौडेलले मन्तव्यको क्रममा कुवेतमा बिना प्रमाणका फेसबुकको आधारमा पत्रकारिता भैरहेको टिप्पणी गरेकी छिन। उनले कुवेतबाट हुने पत्रकारितालाई फेसबुके पत्रकारिताको संज्ञा दिँदै स्पष्ट प्रमाण भएका समाचारहरु मात्र सम्प्रेषण गरेर सामाजिक सद्भावलाई अझ मजबुत बनाउन सुझाव दिएकी छिन।

- Advertisement -

 

- Advertisement -

दूतावासका टेलीफोन न उठ्ने देखि पाँच बर्षसम्म पनि कुवेतमा मृत्यु भएका नेपाली कामदारको कुवेत सरकार र स्पोन्सरबाट पाउनुपर्ने सेवा सुविधा नपाएका जनगुनासोहरु मात्रै होइनन, श्रम मन्त्रालयमा श्रम गर्न जाँदा झेल्नु परेको असहजता र नेपालि दूतावासको भुमिका आम्बन्धी समेत उपस्थित जनमानसले प्रश्न र जनगुनासाहरु उठाएका थिए। उक्त उठान भएका प्रश्नहरुलाइ मन्तव्यकै क्रममा महामहिम राजदूत यज्ञबहादुर हमालले समेत संक्षिप्त रुपमा सम्बोधन गर्नुभएको थियो। मन्तव्यकै क्रममा महामहिम हमालले कुवेतको लागि आफ्नो कार्यकाल सकिएको र निकट भविस्यमा नै कुवेतबाट जन्मभुमी नेपाल प्रस्थान गर्ने बताउनुभएको छ। आफ्नो कार्यकाल सकिएको र नया राजदूत ओअनि नियुक्त भैसकेको तर संसदिय बैठकको निर्णाय नभई सकेकोले राजदूत विहिन दूतावास नराख्ने नेपाल सरकारको नितिलाइ आत्मासाथ गर्दै केही दिनको लागि कुवेत बसाइ लम्बिएको वहाँले बताउनुभयो।

राजदूत हमालले आफ्नो कार्यकालभित्र कुवेतको नेपाली समाजमा आमूल परिवर्तन भएको बताउनुभयो। त्यत्तिमात्रै नभइ कुटनैतिक क्षेत्रमा समेत धेरै काम भएको बताउनुभएको छ। नेपाल-कुवेत श्रम सम्झौता गर्ने प्रयासमा अनवरत लागि परेको तर विभिन्न कारणले सम्भव नभएता पनि भविस्यमा त्यसको लागि सहज भएको बताउँदै कुवेत फन्डबाट नेपालमा कृषि क्षेत्रको लागि ऋण अनुदानको समेत ब्यबस्था मिलि सकेको तर देशका माथिल्लो निकायबाट कुवेत फन्डबाट भन्दा सहज ऋण व्यवस्था अन्यत्रबाट पाउन सक्ने सल्लाह अनुसार त्यसको प्रक्रिया अघि नभढेको बताउनुभयो। तर अझै नेपालले ऋण चाहेको खन्डमा ढोका खुल्लै रहेको वहाँले जानकारी गराउनुभयो। वहाँले आफ्नो कार्यकालमा कुवेतमा कार्यरत ३४० जना नेपालिहरुको निधनपछी उनिहरुको परिवारलाई क्षेतिपुर्ती स्वरुप झन्डै २० करोड भन्दा बढी उपलब्ध गराएको बताउनुभयो। गत बर्ष २०१८ मा मात्रै ८ करोड भन्दा बढी नेपाल पठाएको आँकडा केही दिन घी सार्वजनिक गरेको छ।

हाल कुवेतमा ५८ जना नेपालिहरु जेल जीवन बिताइरहेका छन। जसमा सबै भन्दा बढी ५० जना लागू औषध सम्बन्धि छन भने दुई जना हत्याको आरोप र अन्य विभिन्न आरोपमा ६ जना रहेका छन। २०१८ मा मात्र कुवेतमा ४८ जनले सडक दुर्घटना, हृदयघात तथा विभिन्न कारणले ज्यान गुमाएको तथ्यांक नेपाली दूतावास कुवेतबाट प्राप्त भएको छ।

विजय धामी
विजय धामीhttp://rdcreationonline.com
बिजय धामी नेपालका एक स्वतन्त्र पत्रकार हुन्। उनी लामो समयदेखि नेपाली मिडियामा सक्रिय छन् र विशेषगरी टेलिभिजन पत्रकारिताको क्षेत्रमा उनको उल्लेखनीय योगदान रहेको छ। यसरी बिजय धामी आजका नेपाली पत्रकारिता क्षेत्रका अग्रणी र अनुभवी पत्रकारहरू मध्ये एक हुन्।
RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments