28.1 C
Kathmandu
Tuesday, July 16, 2024
spot_img
Homeगृहपृष्ठनेपाल कुवेत सरोकार समाजको पाचौं सांगीतिक धमाकाको सम्पूर्ण तयारी पूरा

नेपाल कुवेत सरोकार समाजको पाचौं सांगीतिक धमाकाको सम्पूर्ण तयारी पूरा

कुवेत – नेपाल कुवेत सरोकार समाजको पाचौं सांगीतिक धमाकाको सम्पूर्ण तयारी पूरा भएको छ । नेपालका राष्ट्रिय ख्याति प्राप्त कलाकार शिव परियार र रचना रिमालको साथमा यही ३१ मे २०२४ हुने सांगीतिक कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको कार्यक्रम संयोजक दामोदर बटलाले जानकारी दिएका छन । कुवेतस्थित जिलिबको इन्डियन स्कुल संगै रहेको स्पायर स्कुलको सभाहलमा चर्चित अतिथि कलाकार गायक शिव परियार र गायिका रचना रिमालको साथमा स्थानीय कलाकारको समेत सांगीतिक प्रस्तुती रहने छ ।

कुवेत नगरीमा सन् २०१४  मा ‘समाज र देश निर्माणका लागि यूवा एकता’ भन्ने मुल नाराका साथ स्थापना भएको सस्थाले पहिलो, दोश्रो, तेश्रो र चौथो सांगीतिक धमाका चर्चित कलाकारको साथमा सम्पन्न गरिसकेको छ । स्थापना  कालदेखी नै बिभिन्न सामाजिक कार्यमा सस्था सक्रिय छ । उक्त दिन हुने कार्यक्रममा कुवेतमा कृयाशिल सम्पूर्ण नेपाली संघ – संस्थाका पदाधिकारी, बुद्धिजिवि, समाजसेवी, पत्रकार, कलाकार, खेलाडी साथै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई कार्यक्रममा उपस्थितिको लागि अनुरोध गर्दै उक्त दिन कुनै पनि संघ – संस्था वा व्यक्ति विशेषले कार्यक्रम नजुधाईदिन समेत आयोजकले अनुरोध गरेको छ ।
 
कार्यक्रमको विवरण :
मितिः ३१ मे २०२४ 
स्थान: स्पायर इन्डियन स्कुल जिलिब
समयः बिहान ११ बजे देखी 
आयोजक : नेपाल कुवेत सरोकार समाज

rdcreation
rdcreationhttp://www.rdcreationonline.com
बिजय धामी नेपालका एक स्वतन्त्र पत्रकार हुन्। उनी लामो समयदेखि नेपाली मिडियामा सक्रिय छन् र विशेषगरी टेलिभिजन पत्रकारिताको क्षेत्रमा उनको उल्लेखनीय योगदान रहेको छ। बिजय धामी आर डि क्रियशन अनलाइन डटकम को संचालक पनि हुन् ।
सम्बन्धित लेखहरू
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

हालका टिप्पणीहरू

Indra Shrestha on The haris is king