11.1 C
Kathmandu
Wednesday, December 11, 2024
spot_imgspot_imgspot_img
Homeगृहपृष्ठनेपाल तामाङ घ...

नेपाल तामाङ घेदुङको नवौँ संघिय महाधिवेशन काठमाडौमा हुने, फागुन एक देखि पर्ययवेक्षकको नाम दर्ता सुरु

काठमाडौं/तामाङ समुदायको राष्ट्रिय संस्था नेपाल तामाङ घेदुङको नवौं संघीय महाधिवेशन काठमाडौंमा हुने भएको छ । कोभिड–१९ को कारण गत वर्ष अन्तिम समयमा स्थगित हुन पुगेको महाधिवेशन २०७७ चैत २७, २८ र २९ (तीन दिन) सम्ममा सम्पन्न गर्न लागेको हो ।

घेदुङको सांगठनिक संरचना संघीय ढाँचामा गएपछिको यो पहिलो महाधिवेशन हो । त्यसैले यो महाधिवेशनमा ५०० भन्दा बढी प्रतिनिधि तथा पर्यवेक्षकको सहभागिता रहने घेदुङले जनाएको छ । यसअघिको महाधिवेशनहरुमा जिल्ला समितिहरुबाट मात्र प्रतिनिधित्व हुन्थ्यो तर यसपटकको महाधिवेशनमा प्रदेश, जिल्ला र स्थानीय समितिहरुबाट समेत प्रतिनिधित्व हुने भएकोले सहभागिता संख्या बढ्ने महासचिव महितकुमार तामाङले बताए ।

महहाधिवेशन सम्पन्न गर्नको लागि घेदुङले आवाश्यक मापदण्ड, प्रतिनिधि संख्या निर्धारण गर्नुका साथै संस्थागत दायित्व, प्रतिनिधि शुल्क र विभिन्न उपसमितिहरु निर्माण गरी सबै कामको जिम्मेवारी गत वर्ष नै दिइसकेको छ ।

महाधिवेशन सम्पन्न गर्न २०७७ फागुन १ गतेदेखि चैत १५ गतेसम्म प्रतिनिधि तथा पर्यवेक्षकको नाम दर्ता गरिसक्न घेदुङले परिपत्र जारी गरिसकेको छ । प्रतिनिधि तथा पर्यवेक्षकको नाम दर्ता घेदुङको बैंक खातामा रकम जम्मा गरेको भौचर र तोकिएको मापदण्ड पुरा गरेको कागजात इमेल, मेसेन्जरको माध्यमबाट पठाएर गर्न सकिने घेदुङले व्यवस्था गरेको छ । यसअघिको महाधिवेशनमा प्रतिनिधिको नामदर्ता कार्यक्रम स्थलमै गर्नु पर्दा व्यवस्थापनमा समस्या आएकोले १५ दिन अगाडि नै प्रतिनिधि, पर्यवेक्षक नाम दर्ता गरिसक्ने घेदुङले जनाएको छ ।

हेर्नुहोस् महाधिवेशन सम्बन्धि बैठकले गरेको निर्णयहरु ः–
प्रतिनिधि शुल्क तथा दायित्व रकम सम्बन्धमा ः–
नवौ संघीय महाधिवेशनको लागि निम्न बमोजिम संस्थागत दायित्व तथा प्रतिनिधि÷पर्यवेक्षक शुल्क तोकिएका छ ः
(क) प्रदेश समिति दायित्व ः–
१. प्रदेश नं. १ लाई रु. ५०००/– २. प्रदेश नं. २ लाई रु. ४०००/–
३. प्रदेश नं. ३ लाई रु. ५०००/– ४. प्रदेश नं. ४ लाई रु. ३०००/–
५. प्रदेश नं. ५ लाई रु. २०००/– ६. प्रदेश नं. ७ लाई दायित्व नलिने ।
(ख) भातृ संगठन दायित्व ः सबै भातृसंगठनहरुलाई रु. २०००/–
(ग) विभाग दायित्व ः सबै विभागहरुलाई रु. १५००/–
(घ) प्रदेश नं. १ अन्तर्गतका जिल्लाहरुलाई दायित्व ः–
१. झापा, मोरङ र सुनसरीको लागि रु. ३०००/–
२. इलाम, धनकुटा र उदयपुरको लागि रु. २५००/–
३. तेह्रथुम, पाँचथर, संखुवासभा, भोजपुर, खोटाङ, सोलुखुम्बु र ओखलढुंगाको लागि रु. २०००/–
४. ताप्लेजुङ जिल्लालाई जिल्ला दायित्व नलिने ।
(ङ) प्रदेश नं. २ अन्तर्गतका जिल्लाहरु ः–
१. सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बाराको लागि रु. २५००/–
२. सप्तरी र पर्साको लागि रु. २०००/–
(च) प्रदेश नं. ३ अन्तर्गतका जिल्लाहरु ः–
१. चितवन, मकवानपुर, ललितपुर र सिन्धुलीको लागि रु. ३०००/–
२. काभ्रे, धादिङ, नुवाकोट र सिन्धुपाल्चोकको लागि रु. २५००/–
३. काठमाडौं, भक्तपुर, रसुवा, दोलखा र रामेछापको लागि रु. २०००/–
(छ) प्रदेश नं. ४ अन्तर्गतका जिल्लाहरु ः–
१. कास्की र लमजुङको लागि रु. ३०००/–
२. तनहुँ, गोर्खा र नवलपरासीको लागि रु. ३०००/–
३. बाग्लुङ जिल्लाको लागि रु. २०००/–
(ज) प्रदेश नं. ५ अन्तर्गतका जिल्लाहरु ः–
१. रुपन्देही, बाँके र बर्दियाको लागि रु. २०००/–
२. प्युठानको लागि रु. २०००/–
(झ) प्रदेश नं. ७ अन्तर्गतको जिल्लाहरु ः–
१. कैलाली र कञ्चनपुर जिल्लाको लागि दूरीको हिसावले जिल्ला दायित्व नलिने ।
(ञ) महानगर÷नगर र गाउँपालिका समितिहरुलाई दायित्व ः–
१. महानगर÷उपमहानगर÷नगरपालिका समितिको लागि रु. १५००/–
२. गाउँपालिका समितिकिो लागि रु. १०००/–
३. पूर्वको ताप्लेजुङ र ७ नं. प्रदेशको स्थानीय समितिहरुलाई दायित्व नलिने ।
(ट) प्रतिनिधि तथा पर्यवेक्षकहरु सबैको लागि प्रतिब्यक्ति शुल्क रु. ३०००/–

प्रतिनिधि संख्या तथा मापदण्ड सम्बन्धमा ः–
घेदुङको नवौ संघीय महाधिवेशनलाई भब्य र सभ्य ढंगबाट सम्पन्न गर्न बैठकले निम्न बमोजिमको मापदण्डहरु पारित गरेको छ । तोकिएको मापदण्ड पुरा नगरेको समितिबाट महाधिवेशनमा प्रतिनिधित्व गर्न सकिने छैन ।
१. महाधिवेशनमा प्रदेश, प्रवास, भातृ संगठन, विभाग, जिल्ला र स्थानीय समितिहरुले नेपाल तामाङ घेदुङको विधान–२०१३ (सातौ संशोधन २०७४) ले गरेको ब्यवस्था अनुसार निम्न संख्यामा प्रतिनिधि छनौट गरी पठाउन सक्नेछन् ः
(क) प्रदेश समिति ः–
१. प्रदेश नं. १ बाट १५ जना (५ महिला) २. प्रदेश नं. २ बाट १० जना (३ महिला)
३. प्रदेश नं. ३ बाट २५ जना (८ महिला) ४. प्रदेश नं. ४ बाट ७ जना (२ महिला)
५. प्रदेश नं. ५ ५ जना (२ महिला) ६. प्रदेश नं. ७ बाट ५ जना (२ महिला)
७. प्रदेश समितिको निबर्तमान पूर्व अध्यक्षहरु ।
(ख) प्रवास शाखा तथा सम्बन्धन सदस्य संस्था ः–
सबै समितिहरुबाट २ जना (१ महिला) ।
(ग) भातृ संगठन ः–
सबै भातृसंगठनहरुबाट ५ जना (२ महिला) ।
भातृ संगठनको निवर्तमान पूर्व अध्यक्षहरु ।
(घ) विभाग ः–
सबै विभागहरुबाट विभागीय सदस्य ४ सहित ५ जना ।
(ङ) जिल्ला समन्वय समिति ः–
सबै जिल्ला समन्वय समितिहरुबाट ५ जना (२ महिला) ।
(च) स्थानीय समिति ः–
सबै स्थानीय समितिहरुबाट २ जना (१ महिला) ।
(छ) महिला प्रतिनिधिको ठाउँमा पुरुष प्रतिनिधि पठाउन पाइने छैन तर पुरुष प्रतिनिधिको ठाउँमा भने महिला प्रतिनिधि पठाउन सक्नेछन् ।

२. दशहजार भन्दा बढी जनसंख्या भएको स्थानीय तह र १०० जनाभन्दा बढी आजिवन सदस्य बनाएको समितिले थप १ जनाको दरले प्रतिनिधि पठाउन सक्ने विधानत ब्यवस्था भएकोमा सो को लागि जनसंख्याको हकमा नेपाल सरकारको कुनैपनि अंगले प्रकाशित गरेको बुलेटिन, मुखपत्रमा प्रकाशित स्पष्ट तामाङ जनसंख्या र आजिवन सदस्यको हकमा आजिवन क्रमसंख्या सहितको नामावली पेश गरेमा थप १ जना प्रतिनिधि पठाउन सक्नेछन् ।

३. महाधिवेशनमा प्रतिनिधिको रुपमा जाने संघीय कार्य समितिका पदाधिकारी, सचिवालय र संघीय सदस्यहरुले अनिवार्य रुपमा चार वर्षको मासिक लेबी तथा बैठकले तोकेको अन्य शुल्क र दायित्व रकमहरु बुझाएको हुनुपर्नेछ ।

४. सबै स्थानीय समितिहरुले संघीय कार्यालयले उपलब्ध गराएको फर्मेटमा जिल्ला अध्यक्ष, सम्बन्धित जिल्लाको संघीय सदस्य (ईन्चार्ज) र प्रदेश समितिको अध्यक्षको हस्ताक्षर सहित गठित कार्य समितिको नामावली पेश गर्नुपर्नेछ ।

६. जिल्ला र स्थानीय समितिले महाधिवेशनको लागि प्रतिनिधिको नाम पेश गरेको बखत कार्यालय स्थापना गरेको साइनबोर्ड र कार्यालयको फोटो, प्रतिनिधि छनौटमा बहुमत समितिले पास गरेको निर्णयको प्रतिलिपि र संस्थाको लेटरप्याडमा छाप सहित लेखेको पत्र हुनुपर्नेछ ।

७. पर्यवेक्षकको हकमा तोकिएको शुल्क बुझाई स्थानीय समितिबाट १ जना र अन्य समितिबाट कूल प्रतिनिधि संख्याको आधा संख्यामा पर्यवेक्षक पठाउन सक्नेछन् ।

८. प्रतिनिधि तथा पर्यवेक्षकहरुको नाम दर्ताको लागि प्रतिनिधि÷पर्यवेक्षक शुल्क, संस्थागत दायित्व रकम र पासपोर्ट साइजको २ प्रति फोटो सहित २०७६ फागुन १ गतेदेखि चैत १५ गतेसम्मको समय तोकेर पत्राचार गरिनेछ । प्रतिनिधि दर्ताको लागि नेपाल तामाङ घेदुङको बैंक खातामा तोकिएको रकम जम्मा गरी समितिको आधिकारिक व्यक्ति आफै कार्यालयमा उपस्थित भई वा इमेल, मेसेन्जरको माध्यमबाट नाम दर्ता गरी दर्ता नं. लिन सक्नेछ । सो समयभित्र नाम दर्ता नभएमा महाधिवेशनमा भाग लिन सक्ने छैनन् ।

९. प्रतिनिधि तथा पर्यवेक्षकको लागि २०७७ चैत २७ गते साँझदेखि चैत २९ गते दिउँसोसम्मको खाना, नास्ता तथा चियाको आयोजकले ब्यवस्था गर्नेछ । आवासको लागि प्रतिनिधि, पर्यवेक्षक स्वयम्ले स्वः व्यवस्थापन गर्नुपर्नेछ । आयोजकले आवास व्यवस्था गर्नुपर्ने भएमा थप रु. २०००÷– बुझाउनु पर्नेछ ।

१०. समिति गठन भएको तर संगठनले तोकेको समयभित्र अधिवेशन तथा भेला सम्पन्न नगरेको, कार्यक्रम सञ्चालन गर्न नसक्ने निष्क्रिय समितिबाट महाधिवेशनमा एकजनाले मात्रै प्रतिनिधित्व पाउनेछन् तर दायित्व रकम बुझाएको हुनु पर्नेछ ।

११. घेदुङको भातृसंगठनहरुको अधिवेशन तोकिएको समय पुष मसान्त भित्रमा सम्पन्न गर्न नसकेमा संघीय कार्यालयले २०७६ माघ महिना भित्रमा जिल्लाबाट २÷२ जनाको दरले प्रतिनिधि बोलाई त्यस्तो संगठनको अधिवेशन सम्पन्न गर्नेछ ।

१२. नेपाल तामाङ घेदुङ संघीय कार्य समितिका पदाधिकारी, सचिवालय तथा संघीय सदस्यहरुले यस अघिको बैठकको निर्णय अनुसार अनिवार्य रुपमा घेदुङ बहुउद्देश्यीय सहकारी संस्थाको ५० कित्ता शेयर खरिद गरेको हुनु पर्नेछ ।

१३. नेपाल तामाङ घेदुङको विधानले कूल प्रतिनिधि संख्याको ५ प्रतिशत प्रतिनिधि मनोनित गर्न पाउने व्यवस्था गरेकोमा प्रतिनिधि दर्ताको समय आगामी चैत १५ गतेसम्म तोकिएकोमा सो समयसीमा समाप्त भएपछि दर्ता प्रतिनिधिको अनुपातमा पछि बस्ने संघीय कार्य समितिको बैठकले अनुमोदन गर्ने गरी सचिवालयले प्रस्ताव गर्नेछ ।

१४. उल्लेखित तोकिएको मापदण्ड तथा आधार पुरा नगरेमा त्यस्तो समिति वा व्यक्तिहरु संघीय महाधिवेशनमा प्रतिनिधि तथा पर्यवेक्षक बन्न अयोग्य हुनेछन् ।

जिम्मेवारी बाँडफाँड सम्बन्धमा ः–
नेपाल तामाङ घेदुङको संघीय महाधिवेशनलाई भब्य र सभ्य ढंगबाट सम्पन्न गर्न निम्न बमोजिम जिम्मेवारी बाँडफाँड गरिएको छ । जिम्मेवारी दिइएको सामाग्री वा कामको स्तर, मूल्य र ब्यवस्थापनको तौरतरिकाको सन्दर्भमा सचिवालय बैठकमा उपसमिति संयोजकले रिपोर्टिङ गरी आवश्यक सल्लाह÷सुझाव सहित कार्यादेश अनुमोदन गर्नुपर्नेछ ।
(क) खाना, नास्ता र चिया व्यवस्थापन ः–
संयोजक ः बेली लामा ः ९८५१०८८२११
सदस्य ः बेलबहादुर लामा ः ९८५१०५५६९६
सदस्य ः बिलाम मोक्तान ः ९८४१३०९९९६

(ख) झोला तथा स्टेशनरी व्यवस्थापन ः–
संयोजक ः कुयाङ लामा ः ९८५१०७७२६४
सदस्य ः कुलन घिसिङ ः ९८४१२८५८०४

(ग) मञ्च, ब्याच÷ब्यानर, खादा व्यवस्थापन ः–
संयोजक ः कुमारसिंह घिसिङ ः ९८६९४९१०१०
सदस्य ः लक्ष्मी योन्जन ः

(घ) झाँकी ¥याली व्यवस्थापन ः–
संयोजक ः रामकृष्ण ब्लोन ९८५१०६५३७९
सदस्य संस्थाहरु ः नेपाल तामाङ संस्कृति घेदुङ, लामा घेदुङ, ताम्बा घेदुङ, बोन्पो घेदुङ ।

(ङ) स्वयंमसेवक व्यबस्थापन ः–
संयोजक ः अमिर मोक्तान ः ९८४१४७०५२५
सदस्य संस्थाहरु ः नेपाल तामाङ युवा घेदुङ, विद्यार्थी घेदुङ, महिला घेदुङ ।

(च) प्रचार प्रसार व्यवस्थापन ः–
संयोजक ः जगत दोङ ः ९८५१०५४१०४
प्रचार–प्रसार विभागका सदस्यहरु ।

५. विधान संशोधन सम्बन्धमा ः–
नेपाल तामाङ घेदुङको विधान–२०१३ (सातौ संशोधन २०७४) ले घेदुङ केन्द्रीकृत संरचनाबाट संघीय संरचनामा रुपान्तरित भएको सन्दर्भमा विधानको केही आवश्यक दफा, उपदफामा सामान्य संशोधन गर्नुपर्ने भएकोले निम्न सदस्यहरु रहेको विधान संशोधन प्रस्ताव समिति गठन गरियो ।
संयोजक ः महितकुमार तामाङ ः ९८४१८४२१५१
सदस्य ः काजिमान तामाङ ः ९८५४०४१९५१
सदस्य ः कुलनकुमार लामा ः ९८४१२८५८०४
सदस्य ः पासाङ डोल्मु लामा ः ९८४१४७६६३८

बिबाद समाधान तथा अवाञ्छित गतिविधि नियन्त्रण सम्बन्धमा ः–
नेपाल तामाङ घेदुङको महाधिवेशन नजिकिदै गएको सन्दर्भमा विभिन्न प्रदेश, भातृसंगठन, जिल्ला र स्थानीय तह गठनको क्रममा देखिएको बिबादले समस्या निम्त्याउन सक्ने देखिएकोले त्यस्तो समस्याहरुलाई समाधान तथा अवाञ्छित गतिबिधिहरु नियन्त्रण गर्नु निम्न सदस्यहरु रहेको एक बिबाद समाधान उपसमिति गठन गरियो ।
सदस्य ः रामकृष्ण ब्लोन ः ९८५१०६५३७९
सदस्य ः टासी लामा ः ९८०८२६६४५९
सदस्य ः दिपक वाईबा ः ९८५६०३४२८७

७. आर्थिक सहयोग सम्बन्धमा ः–
नवौ संघीय महाधिवेशनमा हुने आर्थिक स्रोतको खोजी, संकलन तथा यसको ब्यवस्थापन तथा पारदर्शिताको लागि निम्न कार्यहरु गरिनेछ ः
(क) विभिन्न शुभेच्छुक ब्यक्ति, संघ÷संस्था, राज्यको विभिन्न निकायहरु र विदेश स्थित तामाङ संघ÷सस्थाहरुलाई सहयोगको लागि अनुरोध गरिनेछ ।
(ख) महाधिवेशन सम्पन्न गर्न रु. १०००÷– भन्दा बढी रकम सहयोग गर्ने सहयोगदाताको नाम महाधिवेशनको कार्यक्रम स्थलमा ब्यानर बनाएर राखिनेछ भने रु. ५०००÷– भन्दा बढी सहयोग गर्ने सहयोगदाताको नाम कार्यक्रममा वाचन गर्नुका साथै प्रशंसापत्रबाट समेत सम्मान गरिनेछ । यसैगरी रु. २०,०००÷– भन्दा बढी सहयोग गर्ने सहयोगदातालाई सम्मानपत्र सहित तामाङ तागीबाट सम्मान गरिनेछ ।
(ग) आर्थिक संकलनको लागि नेपाल तामाङ घेदुङको नामबाट घेदुङ बहुउद्देश्यीय सहकारी संस्थामा महाधिवेशन प्रयोजनको लागि संयोजक, सदस्य सचिव र कोषाध्यक्षको हस्ताक्षरबाट छुट्टै खाता सञ्चालन गर्ने र ५०÷५० दरको २००० थान आर्थिक सहयोग रसिद छापिनेछ ।
(घ) आर्थिक पक्षलाई पारदर्शी र व्यवस्थित गर्न सहयोग रसिदको वितरण, व्यवस्थापन तथा विभिन्न क्षेत्र, निकायमा सहयोग संकलनमा पहल गर्नको लागि निम्न बमोजिम सदस्य रहेको आर्थिक समिति गठन गरियो ।
संयोजक ः रुपबहादुर योन्जन ः ९८५१०८५९८५
सदस्य ः कुयाङ लामा ः ९८५१०७७२६४
सदस्य ः रामभक्त बोम्जन ः ९८५१०३६५७४
(ङ) आर्थिक सहयोग संकलनको लागि छापिने सहयोग रसिद घेदुङको प्रदेश र जिल्ला समितिको आग्रह अनुसार बढीमा ५० प्रतिको दरले उपलब्ध गराउनेछ । उक्त रसिदबाट उठेको रकममध्ये आधा रकम २०७७ चैत २० गतेभित्रमा मूल आयोजक समितिलाई बुझाउनु पर्नेछ भने आधा रकम सोही समितिले महाधिवेशन स्थलमा आउँदा प्रतिनिधिको यातायात, शुल्क र दायित्व रकममा खर्च गर्न सक्नेछन् । सहयोग रसिद लगेर अधकट्टी सहित हिसाव नबुझाउने समितिलाई बैठकले प्रतिनिधित्वबाट बञ्चित गर्न सक्नेछ ।

दिल कुमार पाख्रिन
दिल कुमार पाख्रिनhttps://rdcreationonline.com
दिलकुमार पाख्रीन आर डि क्रीएशन अनलाइन डट कमको प्रधानसम्पादक हुन। उनले यो भन्दा पहिले परदेशी खबर डट कममा सहप्रधान सम्पादकको रुपमा र नेपालका केही राष्ट्रिय मिडियामा समेत रिपोर्टिङ गरिसकेका छन।
RELATED ARTICLES
- Advertisment -spot_imgspot_imgspot_imgspot_img

Most Popular

Recent Comments