RD सम्बादाता कुवेत
नेपाल तामाङ घेदुङ कुवेत द्वारा यहीँ आउदो अक्टोबर २१/२२ तारीख २०२१ का दिन कुवेत को ओफ्रामा बनभोज कार्यक्रम को आयोजना गरेको छ ।
बिगत २ बर्ष यता विश्व नै कोरोना महामारीको चपेटामा परेपछि लामो समय नेपाल तामाङ घेदुङ कुवेत परिवार को भेटघाट हुन नसकेपछि केही महिना अघि देखी भेटघाटमा सहज भएपछि घेदुङ परिवार भेटघाट गर्न, घेदुङ को भाबी योजना बारे बृहत छलफल गर्न बनभोज कार्यक्रम को आयोजना गरिएको हो । कोरोना महामारीको सन्त्रासबाट मुक्त भैरहेको यो समयमा घेदुङ परिवार भेटघाट गरि खुसि साटासाट गर्न र लामो समय देखी भौतिक रुपमा भेटघाट गरि बैठक बस्न नपाइएकोले भाबी दिनहरूमा घेदुङ लाई कुवेत मा सकृय रुपमा अघि बढाउन को निम्ति घेदुङ परिवार भित्र व्यापक छलफल को निम्ति साथै कुवेत मा श्रम गरिरहेका तामाङ दाजुभाइ तथा दिदिबहिनीहरुलाइ एक ढिक्का पारी परिचयात्मक एबम भ्रातृत्व/भगिनित्व सम्बन्धलाई कायाम गर्न बनभोज कार्यक्रम को आयोजना गरिएको घेदुङ का अध्यक्ष सुरेश ग्याबा तामाङले जानकारी गराउनुभएको छ साथै कुवेत मा रहनु भएका तामाङ ज्यो ज्यो आले नाना आङाहरुलाइ सहभागीताको लागि समेत अनुरोध गर्नु भएको छ ।
बनभोज कार्यक्रम कुवेत सिटि भन्दा केहि पर को बस्ती ओफ्रामा यहीँ आउदो अक्टोबर २१ तारिख बिहिवार बेलुका ६ बजे देखी भोलिपल्ट २२ तारिख शुक्रबार दिउँसो ४ बजेसम्म रहनेछ । बनभोज कार्यक्रम को लागि कुवेत को जीलिब, महाबुल्ला, साल्मिया, फर्वानिया र केहि ठाउँ बाट गाडी को ब्यबस्था हुनेछ र कार्यक्रम को तयारी अन्तिम चरण मा पुगेको छ, कार्यक्रम संयोजक अर्जुन तामाङले जनाउनु भएको छ । साथै बनभोज कार्यक्रम मा सहभागी हुन चाहनुहुनेहरुले नेपाल तामाङ घेदुङ कुवेत का पदाधिकारीहरुलाइ सम्पर्क गर्न सक्नुहुनेछ साथै कार्यक्रम संयोजक अर्जुन तामाङ लाई 66035133 र अध्यक्ष श्री सुरेश ग्याबा तामाङ लाई 66238077 मा सम्पर्क गर्न को लागि समेत जानकारी गराउनु भएको छ ।
नेपाल तामाङ घेदुङ कुवेत को आयोजनामा हुन गइरहेको बनभोज कार्यक्रम कोरोना महामारी पछि को पहिलो कार्यक्रम हो । कुवेत मा श्रम गरिरहनु भएका तामाङ ज्यो ज्यो आले नाना आङाहरुको बाक्लो उपस्तिथि रहने कुरामा नेपाल तामाङ घेदुङ कुवेत बिस्वस्त छ ।