26.1 C
Kathmandu
Tuesday, July 16, 2024
spot_img
Homeअरब विशेषपत्रकार महासंघ वैदेशिक शाखा कुवेतले १५ औं स्थापना दिवस २ अगष्टमा मनाउने

पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले १५ औं स्थापना दिवस २ अगष्टमा मनाउने

कुवेत- नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले १५ औं स्थापना दिवस आगामी २ अगष्टमा मनाउने भएको छ ।

कुवेतको सालमियास्थित गोर्खा किचनको सभाहलमा अध्यक्ष एकराज मल्लको अध्यक्षतामा आज बसेको बैठकले १५ औं स्थापना दिवस तथा स्व. माधव शाही स्मृति प्रवासी परोपकारी पत्रकारिता पुरस्कार वितरण साथै अन्तरक्रिया विशेष कार्यक्रम गर्ने निर्णय गरेको हो ।

ऐरावती गाउँपालिका-४, प्यूठान स्थायी घर भई रोजगारका लागि कुवेत आएका पत्रकार माधव शाहीको ३६ वर्षको उमेरमा १४ अक्टोवर २०२१ मा निधन भएको थियो । उनको सम्झनामा स्व. माधव शाही स्मृति पत्रकारिता कोष खडा गरिएको थियो । सोही कोषबाट कुवेतमा रहेर सकृय रुपमा पत्रकारिता गर्ने पत्रकारलाई प्रोत्साहन र हौसला स्वरुप महासंघले स्थापना दिवसको अवसरमा पुरस्कृत गर्दै आएको छ ।

माधव शाही स्मृति पुरस्कार छनोटका लागि संरक्षक जय आले मगरको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको छ । समितिमा एकराज मल्ल र लोमश बास्तोला रहेका छन ।

rdcreation
rdcreationhttp://www.rdcreationonline.com
बिजय धामी नेपालका एक स्वतन्त्र पत्रकार हुन्। उनी लामो समयदेखि नेपाली मिडियामा सक्रिय छन् र विशेषगरी टेलिभिजन पत्रकारिताको क्षेत्रमा उनको उल्लेखनीय योगदान रहेको छ। बिजय धामी आर डि क्रियशन अनलाइन डटकम को संचालक पनि हुन् ।
सम्बन्धित लेखहरू
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

हालका टिप्पणीहरू

Indra Shrestha on The haris is king