Skip to main content

Rd Creation

प्रधानमन्त्रीलाई चोली लगाएर घुमाउने चेतवनी सहितको र्‍याप गीत सार्वजनिक

आर डि क्रीएशन/ ०९ जनवरी, कुवेत। र्‍याप गायक सुशील पाख्रीनको पहिलो र्‍याप गीत “ओइ प्रधानमन्त्री, तिम्लाइ लगाएर चोली घुमाउने बेला भाको रैछ आजभोली” बोलको गीत सार्वजनिक भएको छ। दुई तिहाइको बाम सरकार बने पछि झम जनता मारमा परेको महसुस गर्दै गायक पाख्रीनले प्रधानमन्त्रीको क्रीयाकलापलाइ ब्यङ्यात्मक शैलिमा र्‍याप गीत बनाएका छन। गीतमा देशमा बिकृतिले बिकराल रुप लिँदा पनि सरकारले कुनै खास कदम चालेर जनतालाइ न्याय दिन नसकेको र त्यसको जिम्मेवार प्रधानमन्त्री भएकोले प्रधानमन्त्री माथी आक्रोश पोखिएको भेटिन्छ।

Advertisements

आमा सुनिता योन्जन र बाबा इन्द्रबहादुर पाख्रीनका छोरा सुशील पाख्रीन मकवानपुर देविडाँडाका हुन। भानु उच्च माध्यमिक विद्यालयमा कक्षा १२ को ब्यबस्थापन संकायमा अध्यनरत पाख्रीन अहिले १८ बर्षका भए। सानैदेखी र्‍याप गीत सुन्ने गायक पाख्रीन vten, yamabuddha, र laaure को र्‍यापबाट प्रभावित भएर गीत लेख्ने र गाउने गर्न थालेको बताउँछन। यो गीत पनि आफैले लेखेका हुन।

“समाजमा र्‍याप गीत र गायकलाइ हेर्ने दृस्ठिकोण फरक छ। सिधै भन्नुपर्दा र्‍याप गीतलाइ छाडा गीत भनिन्छ। त्यही दृश्टिकोणलाइ परिवर्तन गर्न मेरो पनि दायित्व हो भन्ने लागेर म यश क्षेत्रमा लागेको हुँ।” उनले बताए। थप्दै उनले भने “मैले यस्तै समाज परिवर्तन, हत्या हिंसा, बलात्कार र कुलत सम्बन्धि थुप्रै गीतहरु लेखिसकेको छु। तर रेकर्ड भएका छैनन। तिनै गीतहरुलाइ रेकर्ड गर्दै सांगीतिक क्षेत्र त्यसमा पनि र्‍याप क्षेत्रलाइ मर्यादित बनाउन पहल गर्नेछु।”

भिडियो हेर्नुहोस:

https://youtu.be/UdxsDa3QIiQ

Advertisements

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.