26.1 C
Kathmandu
Tuesday, July 16, 2024
spot_img
Homeखेलकुदबगुवा फुटबल क्लवको पोल्टामा प्रथम सिमरवन च्यालेन्ज कपको उपाधि

बगुवा फुटबल क्लवको पोल्टामा प्रथम सिमरवन च्यालेन्ज कपको उपाधि

बराहक्षेत्र।
सुनसरीको बराहक्षेत्र ५  स्थित सिमरवन क्लवद्धारा आयोजित प्रथम  सिमरवन च्यालेन्ज कप २०८१ को उपाधि 

बराहक्षेत्र  वडा नं १ मा रहेको बगुवा फुटबल क्लवको पोल्टामा परेको छ।फाइनल खेल बगुवा एफ सि र सप्तकोशी एफ सि  बराहक्षेत्र बिच भएको थियो।
    निकै प्रतिस्पर्धात्मक रहेको प्रतियोगितामा खेलको पहिलो हापसम्म बराबरीमा रहेको थियो ।खेलको दोस्रो हापको   १७ औँ मिनेटमा बगुवा  एफ सि खेलाडी विनोद राईले  पेनाल्टि मार्फत गोल गरी टिमलाई अग्रता दिलाएका थिए।

Champions


  निकै रोमाञ्चक बनेको प्रतियोगितामा खेलको दोस्रो हापको  २७ औ मिनेटमा  बगुवा एफ सि का खेलाडी  विनोद राईले पुन थप गोल गरेका थिए।  सप्तकोशी एफ सि बाट कुनै गोल हुन नसक्दा शुन्यका विरुद्ध २ गोलका अन्तरले जित निकाल्दै बगुवा एफ सि ले उपाधी जित्न सफल भएको थियो।
उप विजेता टिमले नगद २१ हजार र ट्रफि र विजेता टिमले नगद ३१ हजार र ट्रफि प्राप्त गरे। खेलको म्यान अफ द म्याच बगुवा फुटबल क्लवका  दिपक गिरी घोषित भए।उनले नगद ११ सय प्राप्त गरे। वेस्ट गोल किप्पर बगुवा एफ सि का असिव राई,वेस्ट डिफेन्डर  सप्तकोशी एफ सि का भिम वि. क,हाई स्कोर बगुवाका आदेश दर्नाल र सप्तकोशी एफ सि का विनोद राई,वेस्ट पिल्यर बगुवाका छेङ्विहाङ राई र वेस्ट मिड फिल्डर सप्तकोशी एफ सि का  रविन राई घोषित बने ।जनही नगद २१ सय प्राप्त गरे। प्रथम सिमरवन च्यालेन्ज कप २०८१  बराहक्षेत्र ५ स्थित सिमरवन युवा क्लवको आयोजनामा  भएको थियो।

rdcreation
rdcreationhttp://www.rdcreationonline.com
बिजय धामी नेपालका एक स्वतन्त्र पत्रकार हुन्। उनी लामो समयदेखि नेपाली मिडियामा सक्रिय छन् र विशेषगरी टेलिभिजन पत्रकारिताको क्षेत्रमा उनको उल्लेखनीय योगदान रहेको छ। बिजय धामी आर डि क्रियशन अनलाइन डटकम को संचालक पनि हुन् ।
सम्बन्धित लेखहरू
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

हालका टिप्पणीहरू

Indra Shrestha on The haris is king