बराहक्षेत्र नगरपालिका वडा नम्बर ७ बुद्ध चौक बस्ने ८५ बर्षकि वृद्ध महिला कोरोना संक्रमित भइ २० गते मृत्यु भएकि छिन ।
वृद्ध महिला लाई ज्यरो र निमोनियाको बिरामी भइ उपचार गर्न बैशाख ११ गते नोबेल मेडिकल कलेज बिराटनगर लगिएको सोही दिन पिसिआर चेक गर्दा पोजेटिभ देखिएको थियो ।
अस्पतालमा उपचार गराइरहेको वृद्ध लाई हस्पिटलले बैशाख २० गते उपचार हुन नसकी घर फर्काएका थिए ।हस्पिटल बाट घर ल्याएको बेलुकी ५:३० बजेको घरमै मृत्यु भएको थियो ।
मृत्यु भएको खबर प्रहरीले सुनेपछि उक्त घरमा पुग्दा घरमै शव राखिएको र उक्त शव २१ गते पुर्बि पृतना इटहरी बाट खातिएको टोलि सर्दु जंगलमा लासको व्यवस्थापन गरेको ईलाका प्रहरी कार्यालयका प्रमुख पाण्डव राजवंशीले बताए ।।
बराहक्षेत्र नगरपालिकाका ३ जना कर्मचारी र १ शिक्षिका गरि ४ जना कर्मचारी लाई कोरोना पोजेटिभ भएको छ । कोशी टप्पुमा ३ जना गरि हालसम्म १३ जना संक्रमित रहेको स्वस्थ्यकर्मी प्रमोद यादवले बताए
साभार :