20.1 C
Kathmandu
Monday, September 16, 2024
spot_imgspot_imgspot_img
Homeगृहपृष्ठबराहक्षेत्र मिडिया प्रा.लिको चौथो वार्षिकोत्सब तथा सम्मान समारोह समापन

बराहक्षेत्र मिडिया प्रा.लिको चौथो वार्षिकोत्सब तथा सम्मान समारोह समापन

बराहक्षेत्र / सुनसरीको बराहक्षेत्रमा रहेर सञ्चालन हुदै आएको बराहक्षेत्र मिडिया प्रा.लिको चौथो वार्षिकोत्सब तथा सम्मान समारोह कार्यक्रम गरेको छ ।

बराहक्षेत्र मिडिया प्रा.लिका अध्यक्ष प्रदिप बागगमैत चौधरीको अध्यक्षता तथा निबर्तमान महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री ,नेकपा एमाले केन्द्रीय कार्यसमिति सदस्य भगवती चौधरीको प्रमुख आथित्यतामा कार्यक्रम गरिएको हो ।

पत्रकारले समाचार आफै बनाउने भएकाले समाजको वास्तविक वातावरण हेरेर , कस्तो समाचार लेख्ने त्यस विषयमा गहन अध्यन गरेर समाचार सम्प्रेषण गर्नु पर्ने नेपाल पत्रकार महासंघ कोशी प्रदेश सचिव सन्तोष यादवले जानकारी दिनुभयो ।

कार्यक्रममा थारू जातिको सांस्कृतिक नृत्य साथै पत्रकार नभराज बिष्ट र कलाकार तथा पत्रकार पर्शुराम चौधरीलाई जनही ११ हजार १ सय ११ रूपैया पुरस्कार सहित प्रमाण दिएर सम्मान गरिएको हो ।

सामाजिक साथै सामजको वास्तविकताका आधारमा समाचार लेख्न पत्रकारले आवश्यक रहेको साथै सत्य तथ्यमा ध्यान दिन आवश्यक रहेको सम्मानित व्यक्ति कलाकार तथा पत्रकार पर्शुराम चौधरीले बताउनुभयो ।

पत्रकारहरूकोलाई नगरपालिकाले सहयोग गर्ने साथै थारूको कला संस्कृतिलाई जर्गेना गर्ने प्रतिवद्दता रहेको कार्यक्रमका विशिष्ट अतिथि रामधुनी नगरपालिका का नगर प्रमुख शङ्करलाल चौधरीले बताउनुभयो । बराहक मिडियालाई अब्बल भएर काम गर्ने उहाँले शुभकामना दिनुभयो ।

राज्यले दिने सुविधा पत्रकारलाई पनि सुविधा दिन आवश्यक रहेको निबर्तमान महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री ,नेकपा एमाले केन्द्रीय कार्यसमिति सदस्य भगवती चौधरीले बताउनुभयो । हरेस नखाई अब्बल भएर काम गर्नु पर्ने उहाँले जोड दिनुभयो । वेथिति र सत्य तथ्यलाई पत्रकारले ल्याउनु पर्ने उहाँको भनाइ छ ।

मिडियाले सत्य तथ्य भएर समाजको वास्तविकताका आधारमा समाचार सम्प्रेषण गर्ने बराहक्षेत्र मिडिया प्रा.लिका अध्यक्ष प्रदिप बागगमैत चौधरीले बताउनुभयो ।

कार्यक्रममा उद्योग वाणिाज्य झुम्का कोषाध्यक्ष सुनिल चौधरी, ,नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राई , इलाका प्रहरी कार्यलय रामधुनी सुदन मुदेल ,ग्रामिण पत्रकार समुहका अध्यक्ष हिरण्य कार्की ,प्रहरी , रामधुनी , बराहक्षेत्र इटहरीका पत्रकारहरू संस्थाका प्रतिनिधि लगाएतको उपस्थिति रहेको थियोे ।

विजय धामी
विजय धामीhttps://rdcreationonline.com
बिजय धामी नेपालका एक स्वतन्त्र पत्रकार हुन्। उनी लामो समयदेखि नेपाली मिडियामा सक्रिय छन् र विशेषगरी टेलिभिजन पत्रकारिताको क्षेत्रमा उनको उल्लेखनीय योगदान रहेको छ। यसरी बिजय धामी आजका नेपाली पत्रकारिता क्षेत्रका अग्रणी र अनुभवी पत्रकारहरू मध्ये एक हुन्।
RELATED ARTICLES
- Advertisment -spot_imgspot_imgspot_imgspot_img

Most Popular

Recent Comments