Thursday, January 22, 2026
spot_img
Homeगृहपृष्ठबेलायती महारानीका पति प्रिन्स फिलिपको निधन

बेलायती महारानीका पति प्रिन्स फिलिपको निधन

लण्डन । बेलायती महारानी एलिजाबेथ द्वितीयका पति, प्रिन्स फिलिप, को ९९ वर्षको उमेरमा निधन भएको छ । 
बकिंघम प्यालेसले एक विज्ञप्ति जारी गर्दै युकेको समय अनुसार शुक्रबार बिहान विन्डसर क्यासलमा शान्तिपूर्वक निधन भएको जनाएको छ ।
प्रिन्स फिलिपले सन् १९४७ मा राजकुमारी एलिजाबेथसंग बिहे गरेका थिए । उनीहरुको बिहेको पांच वर्ष पछि राजकुमारी एलिजाबेथ ब्रिटेनको महारानी बनेकी थि इन।
उनले झन्डै ७० वर्ष महारानी एलिजाबेथ लाइ राजकाजमा सघाएका थिए।
हालै उनी बिरामी भए पछि झन्डै एक महिना अस्पतालमा उपचार गराएर निवास फर्किएका थिए।
बीबीसीका अनुसार प्रिन्स फिलिप र महारानीका चार जना छोराछोरी, आठ जना नाती नातिनी तथा १० जना पनाति पनातिनी छन्।
विजय धामी
विजय धामीhttps://rdcreationonline.com
बिजय धामी नेपालका एक स्वतन्त्र पत्रकार हुन्। उनी लामो समयदेखि नेपाली मिडियामा सक्रिय छन् र विशेषगरी टेलिभिजन पत्रकारिताको क्षेत्रमा उनको उल्लेखनीय योगदान रहेको छ। यसरी बिजय धामी आजका नेपाली पत्रकारिता क्षेत्रका अग्रणी र अनुभवी पत्रकारहरू मध्ये एक हुन्।
RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments