9.1 C
Kathmandu
Saturday, February 15, 2025
spot_imgspot_imgspot_imgspot_img
Homeगृहपृष्ठबेहुली लिन गए...

बेहुली लिन गएका नवराजको दलित भएकै कारण लास आयो।

मृतक नवराज

आर डि क्रीएशन डेस्क। जाजरकोटको भेरी नगरपालिका ४ खलंगाका नवराज विक र रुकुमपश्चिमको चौरजहारीकी सुष्मा मल्लबीच तीन वर्षदेखि प्रेम सम्बन्ध थियो। यो विषय विस्तारै दुबैतिरका परिवारले थाहा पाए। केटीतर्फका परिवारले दलित केटासँगको प्रेम सम्बन्ध कुनै पनि हालतमा अघि बढ्न नसक्ने भन्दै पटक पटक चेतावनी दिँदै आएको थियो।

तर, गहिरो माया बसेपछि उनीहरु एकअर्काबिना बाँच्न नसक्ने भन्दै विवाह बन्धनमा बाँधिने निर्णयमा पुगे। केटाको घरमासमेत केटी आउजाउ गर्थिन्। आफ्नो प्रेमलाई विवाहमा परिणत गर्ने सल्लाह
बमोजिम सुष्माकै आग्रहमा नवराज साथीहरुसँग केटीको गाउँ सोती पुगे।

एक्लै गए खतरा हुने ठानेरै १८ जना साथी लिएर गएका नवराजलाई अन्नतः साथीहरुले पनि जोगाउन सकेनन्। स्थानीयको आक्रमणमा नवराजसहित दुईजनाको मृत्यु भएको खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा जाजरकोटबाट राजेन्द्र कार्कीले लेखेका छन्।

बेहुली लिन गएका जाजरकोटको भेरी नगरपालिका ४ का २१ वर्षीय नवराज विकको शव शुक्रबार बिहान भेरी नदी किनारमा भेटियो। प्रेमिकाको आग्रहमा बेहुली लिन गएका नवराजसहितको टोलीमाथि वडाध्यक्ष डम्बरबहादुर मल्लसहित सोतीका गाउँलेले आक्रमण गरे। १२ जनालाई गाउँलेले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाए।

केटीका आमाबुवाले गाउँले बोलाएर आक्रमण गरी लखेटेर हत्या गरेको पीडित पक्षको भनाई छ। घटनापछि चौरजहारी नगरपालिका ८ का वडाध्यक्ष डम्बरबहादुर मल्ल, केटीका बुबा वीरबहादुर मल्ल, आमा प्रकाशी मल्लसहित पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

भेरी ४ का गणेश विक, भेरी ११ का लोकेन्द्र सुनार, गोविन्द शाही, सन्दीप विक र चौरजहारी १ का टीकाराम सुनार वेपत्ता छन्। तीमध्ये एक जनाको शव फेला परेको छ। नवराजसहितको युवा समूहलाई तल्लो जातको केटाले ठकुरीकी छोरी भगाउन खोजेको भन्दै स्थानीयले आक्रमण गरेको स्थानीयले बताएका छन्। तर, केटी पक्षले केटीको उमेर नपुगेको र केटीले बिहेका लागि अस्वीकार गरे पनि जबर्जस्ती लान खोज्दा विवाद भएको दाबी गरेका छन्।

‘दुलही लिन गएको छोरा लाश बनेर आयो,’ बाबु मोहन विकले भने, ‘घटना सुनेदेखि आमा बेहोस् छिन्। पुलिसको जागिर खाएर बिहे गर्छु भन्थ्यो। पापीहरुले कलिलैमा हत्या गरिदिए।’

दिल कुमार पाख्रिन
दिल कुमार पाख्रिनhttps://rdcreationonline.com
दिलकुमार पाख्रीन आर डि क्रीएशन अनलाइन डट कमको प्रधानसम्पादक हुन। उनले यो भन्दा पहिले परदेशी खबर डट कममा सहप्रधान सम्पादकको रुपमा र नेपालका केही राष्ट्रिय मिडियामा समेत रिपोर्टिङ गरिसकेका छन।
spot_img
RELATED ARTICLES
- Advertisment -spot_imgspot_imgspot_imgspot_img

सबैभन्दा लोकप्रिय

हालसालैका टिप्पणीहरू