Wednesday, April 17, 2024
spot_imgspot_imgspot_imgspot_img
Homeअवर्गीकृतभोजपुरको आगलागीबाट ज्यान गुमाएका परिवारलाई समवेदना प्रकट गर्न मुख्यमन्त्री कार्की घरमै पुगे

भोजपुरको आगलागीबाट ज्यान गुमाएका परिवारलाई समवेदना प्रकट गर्न मुख्यमन्त्री कार्की घरमै पुगे

हतुवागढी : भोजपुरको हतुवागढी७ पिप्लेमा आगलागीबाट ज्यान गुमाएका बालबालिकाको परिवारलाई समवेदना प्रकट गर्न कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की बुधवार पीडित परिवारको घरमै पुगेका छन् ।

समवेदनाका साथमा मुख्यमन्त्रीले प्रदेश सरकारले प्रदान गरेको राहत रकम ११ एक लाख रुपैयाँको दरले राहत रकम तिनै बालबालिकाको परिवारलाई उपलब्ध गराए ।

मुख्यमन्त्री कार्कीले ज्यान गुमाएका बालबालिकाका दुई परिवारलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट एक लाखका दरले राहत रकम हस्तान्तरण गरेका हुन् ।

राहत रकमलाई उनले प्रदेश सरकारले दुःखको समयमा सरकारले मलमपट्टी लगाएको बताए । मुख्यमन्त्री कार्कीले भने, ‘प्रदेश तथा स्थानीय सरकार घर आँगनकै सरकार भएकाले जनताको समस्यामा तथा पीडामा सधैँ साथ रहन्छ ।

चेक हस्तान्तरण कार्यक्रममा भोजपुरबाट कोशी प्रदेशमा निर्वाचित सांसद विनोद बान्तवा राई, सृजना राई, कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव लक्ष्मी प्रसाद पौडेलका साथै स्थानीय जनप्रतिनिधि सहभागी थिए ।

शनिवार भएको आगलागीमा स्थानीय रमेश कार्कीका ५ वर्षीय छोरी दिप्सीका कार्की, ३ वर्षीय छोरा दिउनिष कार्की र केदार कार्कीका ४ वर्षीय छोरा प्रनिष कार्कीको ज्यान गएको थियो ।

साभार : कपुरी न्यूज

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- NewStarFc -spot_imgspot_imgspot_imgspot_img

Most Popular

Recent Comments