Skip to main content

Rd Creation

मोड्लिङमा भविस्य खोज्दै बिपना मोक्तान

म्युजिक भिडियोको शुटिङको क्रम्मा खिचेका बिपनका तस्विर

आर डि क्रीएशन/२४ अप्रील, कुवेत।
सनै उमेर देखि गित संगीतमा निकै रुचि राख्ने बिपना मोक्तान यति बेला आफै म्युजिक भिडियोमा मोड्लिङ गर्न थलेकि छन । रोजगारिको सिलसिलामा प्रवासमा रहेर पनि बिदाका दिनहरुमा म्युजिक भिडियोमा अभिनय गर्न गरिरहेकि छिन । उनले खाएका ति बाचा कसम, आँखा भारी सजाई राख्ने लगायत आधा दर्जन जति आधुनिक तथा सदावाहर गितहरुमा निकै उत्कृष्ट अभिनय गरि दर्शक हरुको मन जित्न प्रयास गरिरहेकी छिन।

Advertisements

बाल्यकाल देखि नै गित संगीत क्षेत्रमा अति नै रुचि राख्ने बिपना मोक्तान स्कुले जिबन देखि नै संगीतिक यात्राको सुरु गरेकी थिइन । उनि स्कुले जिबनमा पनि विभिन्न स्थानीय कार्यक्रम तथा स्कुलको प्रतियोगिताहरुमा भाग लिई आफ्नो उत्कृष्ट नृत्य प्रस्तुति दिएर दर्शकहरुलाइ मनोरञ्जन दिलाउँथिन।

काभ्रे जिल्ला महाभारत गाउँपालिका वडा न.१ गोकुले धपमा बाबा बिष्णु मोक्तान र अामा केशरी योन्जनको कन्छी छोरी भइ जन्मिएकि उनी हाल रोजगारिको सिलसिलामा मलेसियामा कार्यरत छिन।

सनै उमेर देखि गित संगीत क्षेत्रमा अफ्नो करियर बनाउछु भन्ने मनस्थिति राखी संघर्षरत गर्दै अएता पनि आर्थिक स्थिति कम्जोर भएकै कारण परदेशीन बाध्य भएको उनी बताउछिन्। प्रवासमा रहेर पनि गित संगीतलाई निरन्तरता दिदै मर्यादित बनाउन पनि प्रयासरत छिन। विभिन्न उदेश्यले मलेसियामा खोलिएका संघसंगठनहरुले विभिन्न अवसरमा आयोजना गरेको कार्यक्रमहरुमा समेत अफ्नो काला प्रस्तुत गरि उओअस्थित दर्शकरुलाइ मनोरञ्जन दिलाउंदै आइरहेकी छिन। नेपाल फर्केर पनि यहि बिधालाइ निरन्तरता दिँदै यसै क्षेत्रमा आफ्नो भविस्य खोज्ने उनले आर डि क्रीएशनसंगको कुराकानिमा बताइन।

Advertisements

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.