23.1 C
Kathmandu
Monday, May 19, 2025
spot_img
Homeगृहपृष्ठराप्रपाले माग्यो प्रधानमन्त्रीको राजीनामा - हाम्रो देश

राप्रपाले माग्यो प्रधानमन्त्रीको राजीनामा – हाम्रो देश


काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेको छ।

- Advertisement -

‘शिक्षक आन्दोलनको मागमा छलफलसमेत गर्न नसक्ने यो राज्य प्रणाली कतिसम्म खोक्रो र कमजोर भइसकेको छ भन्ने स्पष्ट भइसक्यो। शिक्षामन्त्रीले मात्र होइन, अब प्रधानमन्त्रीले समेत नवीन समझदारीका लागि मार्गप्रशस्त गर्ने समय आइसक्यो,’ प्रवक्ता मोहन श्रेष्ठले भनेका छन्।संसद्को पहिलो र दोश्रो दलको गठबन्धन सरकारबाट समेत देशको विद्यमान समस्या समाधान हुन नसकेको उल्लेख गर्दै प्रवक्ता श्रेष्ठले निकट भविष्यमा केही होला भन्ने ‘उज्यालो’ पनि नदेखिएको बताएका छन्।

‘देश दिन प्रतिदिन शिथिल, जर्जर र कमजोर बन्दै गइरहेको छ। सर्वत्र बेथिति अब देशले धान्न सक्दैन। सत्ता, सरकारहरूको परिवर्तनबाट मात्रै पनि केही हुनेवाला छैन। प्रणालीगत त्रुटि सच्याउन नवीन समझदारी आवश्यक र अपरिहार्य छ,’ उनले भनेका छन्।

- Advertisement -

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो

- Advertisement -

+1

0

+1

0

+1

0

+1

0

+1

0

+1

0

Facebook Twitter Email




RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments