18.1 C
Kathmandu
Thursday, May 22, 2025
spot_img
Homeस्वास्थ्यरामाटेक्स कम्पनीमा कार्यरत नेपालीहरु द्वारा बिष्णु माया लो तामाङलाई आर्थिक सहयोग

रामाटेक्स कम्पनीमा कार्यरत नेपालीहरु द्वारा बिष्णु माया लो तामाङलाई आर्थिक सहयोग

- Advertisement -

सबिन लोप्चान/१७ फेब्रुअरी, मलेसिया। केही समय अगाडि सामाजिक संन्जल फेस्बुकमा एउटा दर्दानक भिडियो भाईरल भयो। उक्त भिडियोमा बिष्णु माया लो तामाङले आफ्नो आमा बुबालाई बचाई दिन आग्रह गरेकि थिइन। आमा बुबा दुबैजना क्यान्सरको रोगी भएको र अर्थिकको अभावले गर्दा उपचार गर्ने कुनै विकल्प नभएकोले जुन पीडा सहन नसकि स्वयं आफैं आत्माहात्य गर्न समेत प्रयास गरेको कुरा त्यो भिडियोमा उनले बताएकी थिइन।

- Advertisement -

सोही भिडियो हेरि सके पछि विश्वभरिका विभिन्न ठाउँबाट उनलाइ सहयोग प्राप्त भैरहेको छ। बिडम्बना उनकी आमाले यो संसार छाडिसकेकी छिन। उनका पितालाइ मात्र भए पनि उपचार गरि बचाउने उदेश्यले मलेसियाको जोहोर राज्य स्थित रामाटेक्स कम्पनीमा कार्यरत दावा तितुङ तामाङ,राज कुमार तामाङ, भक्त बहादुर तामाङ,अमर ध्वाज थोकर ,संग्रम थिङको सक्रियतामा सोही कम्पनीमा कार्यरत दाजुभाई दिदीबहिनी हरु सङ्ग सहयोगको अपिल गरी सम्पूर्ण रामाटेक्स कम्पनीमा कार्यरत साथीहरुले आ-आफ्नो तर्फबाट सहयोग गरेका छन।

सहयोग रकम बिष्णु माया लो तामाङ को बुबाको उपचारको लागि अपुगमा केही राहत होस भन्ने हेतुले रामाटेक्स कम्पनीमा कार्यरत नेपाली दाजुभाइको सक्रियतामा नेपाली रकम रु ७०२९४ (सत्तरी हाजर २ सय ९४ रुपैया) संकलन गरि उक्त रकम सिन्धुलीका नव गायक ताथ समाजसेवी श्री अम्बर बहादुर लो तामाङ मार्फत पीडितको हातमा हस्तान्तरण गरिएको छ। सहयोग गरि दिनु हुने सम्पुर्ण मनकारी दाजुभाइ लाई दावा तितुङ तामाङ ज्यु ले धन्यवाद दिनु भएको छ।

दिल कुमार पाख्रिन
दिल कुमार पाख्रिनhttp://rdcreationonline.com
दिलकुमार पाख्रीन आर डि क्रीएशन अनलाइन डट कमको प्रधानसम्पादक हुन। उनले यो भन्दा पहिले परदेशी खबर डट कममा सहप्रधान सम्पादकको रुपमा र नेपालका केही राष्ट्रिय मिडियामा समेत रिपोर्टिङ गरिसकेका छन।
RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments