Wednesday, February 18, 2026
spot_img
Homeगृहपृष्ठराष्ट्रपति पौडेलले शुक्रबार संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्ने RD Creation

राष्ट्रपति पौडेलले शुक्रबार संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्ने RD Creation

काठमाडौँ ।  राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १९ गते शुक्रवार संघीय संसदको दुवै सदनलाई सम्बोधन गर्ने भएका छन् ।मंगलवारको प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको व्यहोरा सदनसमक्ष पढेर सुनाउँदै यसबारेमा जानकारी गराएका हुन् ।

सभामुख घिमिरेका अनुसार राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ९५ बमोजिम संवत २०८२ साल वैशाख १९ गते शुक्रवारका दिन ३ बजे संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नेछन् । राष्ट्रपतिको सम्बोधनको कार्यक्रम भएकाले प्रतिनिधि सभाका सम्पूर्ण सदस्यहरुलाई उक्त दिनको पौने ३ बजे नै आफ्नो आफ्नो आसनग्रहण गरिसक्नु हुन आग्रह गरे ।

सभामुख घिमिरेले भने, ‘सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्युबाट नेपाल सरकार मन्त्रीपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा ९५ बमोजिम संवत २०८२ साल वैशाख १९ गते शुक्रवारका दिन ३ बजे संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन हुने भनेर त्यसका लागि सदनको उपस्थिति आह्वान गर्नुभएको व्यहोरा अनुरोध गर्दछु । सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेल नेपालको संविधानको धारा ९५ बमोजिम वि.सं. २०८२ साल वैशाख १९ गते शुक्रवार दिनको ३ बजे संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको हुँदा प्रतिनिधि सभाका सम्पूर्ण मान्य सदस्यहरु उक्त दिनको २ः४५ बजे भित्र नै आफ्नो आफ्नो आसनग्रहण गरिसक्नु हुन अनुरोध गर्दछु । साथै उक्त दिन समयमा माननीय सदस्यहरुको लागि निर्धारण गरिएको पोशाकमा उपस्थित भइदिनु हुन समेत अनुरोध गर्दछु ।’

उक्त दिन समयमा निर्धारण गरिएको पोशाकमा उपस्थित हुन पनि  उनले आग्रह गरे ।

प्रकाशित मिति: मंगलबार, वैशाख १६, २०८२  १७:३४



RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments