25.1 C
Kathmandu
Monday, May 19, 2025
spot_img
Homeगृहपृष्ठशहीदका परिवारहरूले घेरे मधेसको गृह मन्त्रालय RD Creation

शहीदका परिवारहरूले घेरे मधेसको गृह मन्त्रालय RD Creation

काठमाडौँ । मधेस आन्दोलन लगायत विभिन्न आन्दोलनमा ज्यान गुमाएका शहीदका परिवारहरूले मधेस प्रदेश सरकारको गृह मन्त्रालय घेराउ गरेका छन् । 

- Advertisement -

‘एक शहीद, एक रोजगार’ कार्यक्रम अन्तर्गत प्राप्त रोजगारी खोस्ने तयारी गरिएको आरोप लगाउँदै उनीहरूले गृह मन्त्रालय घेराउ गरेका हुन् । शहीद परिवारका सदस्यहरूले मन्त्रालयमा आफ्ना आवाज नसुनिएको गुनासो गर्दै मन्त्रीहरू भेट्नसमेत नआएको आरोप लगाए ।

उनीहरूको भनाइअनुसार कतिपय शहीद परिवारका सदस्यहरूलाई डोर हाजिरी र ज्यालादारीमा राखिए पनि नियमित तलव दिइएको छैन । यस्तै बलिदानी दिवसको अवसरमा स्वास्थ्य बीमा कार्यान्वयन गरिने आश्वासन दिइए पनि हालसम्म त्यसमा कुनै प्रगति नभएको उनीहरूको गुनासो छ ।

आन्दोलनरत शहीद परिवारले गृह मन्त्रालयलाई आफूहरुको माग सम्बोधन नहुन्जेल धर्ना जारी रहने बताएका छन् । 

- Advertisement -

प्रकाशित मिति: आइतबार, वैशाख २१, २०८२  १८:५७



RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments