Tuesday, February 17, 2026
spot_img
Homeगृहपृष्ठशिक्षक आन्दोलनलाई सरकार ढाल्ने अस्त्र नबनाउन एमालेको चेतावनी RD Creation

शिक्षक आन्दोलनलाई सरकार ढाल्ने अस्त्र नबनाउन एमालेको चेतावनी RD Creation


काठमाडौं : नेकपा एमालेका सांसद ठाकुर गैरेले शिक्षक आन्दोलनलाई सत्ता ढाल्ने अस्त्र नवनाउन माओवादीलाई चेतावनी दिएका छन्।

मंगलबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै गैरेले पेशागत आन्दोलनबाट सरकारलाई अप्ठेरो बनाउने, सत्ता ढाल्ने अस्त्र बनाउने र र त्यसैबाट आफू प्रधानमन्त्री हुने असफल प्रयत्न अन्त्य हुनुपर्ने समेत बताए।

उनले छलफलमा एउटा कुरा गर्ने र सडकमा गएर अर्को कुरा गर्न खोजे नेपालको शिक्षाको विकास हुन नसक्ने तर्क गरे। विद्यालय शिक्षा विधेयक अघि नबढ्नुको आरोप सत्तापक्षलाई मात्रै लगाएर कसैले छुट नपाउने उनले बताए।

त्यस्तै गैरेले सडकमा शिक्षक र सुरक्षाकर्मीबीच झडप गराएर पनि छुट पाउने परिस्थिति नभएको उल्लेख गरे। उनले समितिमा बिचाराधीन रहेको विधेयकलाई छिटो पारित गर्नका लागि सामूहिक प्रतिवद्धता आवश्यक पर्ने जिकिर गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो




RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments