28.1 C
Kathmandu
Tuesday, July 16, 2024
spot_img
Homeगृहपृष्ठशेरधन राईले मानेनन् सङ्गठन विभागको निर्देशन एमाले सुनसरी अधिवेशन

शेरधन राईले मानेनन् सङ्गठन विभागको निर्देशन एमाले सुनसरी अधिवेशन

नेकपा एमाले सुनसरी जिल्ला कमिटीको अधिवेशनमा देखिएको प्रतिनिधि विवाद कायमै राखेर निर्वाचन हुने भएको छ । केन्द्रीय सङ्गठन विभागले काठमाण्डौमा क्रियाशील जिल्ला सम्पर्क मञ्चबाट प्रतिनिधित्व नगराउन दिएको निर्देशन उल्लङ्घन भएको हो ।अध्यक्षका उम्मेदवार खेमराज पोखरेलको समूहले विधानको व्यवस्था विपरीत प्रतिनिधि बनाएको भन्दै उजुरी दिए पनि अध्यक्ष मण्डलका अध्यक्ष शेरधन राईले अटेर गरेका हुन् ।

सुनसरी जिल्ला अधिवेशनमा सम्पर्क मञ्चबाट शान्ता नेपाल, बुद्धि राउत, पेशल बास्तोला, रमेश बिष्ट, खगराज गुरागाईँ, कमल यादव लगायत प्रतिनिधि छन् । जून एमालेको विधान विपरीत हुने सङ्गठन विभागको ठहर छ ।वर्तमान जिल्ला कमिटी अध्यक्षले पोखरेल समूहलाई पराजित गराउने मनसायले विधान विपरीत प्रतिनिधि छनौट गरिएको आरोप लाग्दै आएको छ ।

स्थायी कमिटी सदस्य समेत रहेका शेरधन राईले विभागको पत्रलाई बेवास्ता गर्दै विधान विपरीत छनौट भएका प्रतिनिधिलाई अधिवेशनमा सामेल गराएका छन् ।मङ्लबार हुने निर्वाचनमा ७२० प्रतिनिधिले मतदान गर्न पाउने भएका छन् । लेखा समिति सहित पदाधिकारीमा २० जनाको उम्मेदवारी परेको छ । समावेशी सदस्यमा ७६, भूगोलमा १३७ र खुल्ला सदस्यमा ३० जनाले उम्मेदवारी दिएका छन् ।

rdcreation
rdcreationhttp://www.rdcreationonline.com
बिजय धामी नेपालका एक स्वतन्त्र पत्रकार हुन्। उनी लामो समयदेखि नेपाली मिडियामा सक्रिय छन् र विशेषगरी टेलिभिजन पत्रकारिताको क्षेत्रमा उनको उल्लेखनीय योगदान रहेको छ। बिजय धामी आर डि क्रियशन अनलाइन डटकम को संचालक पनि हुन् ।
सम्बन्धित लेखहरू
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

हालका टिप्पणीहरू

Indra Shrestha on The haris is king