24.7 C
Kathmandu
Tuesday, May 13, 2025
spot_img
Homeगृहपृष्ठउर्जामन्त्री खड्काले घोषणा गरे विद्युत प्राधिकरणको वित्तीय मूल्याङ्कन हुने

उर्जामन्त्री खड्काले घोषणा गरे विद्युत प्राधिकरणको वित्तीय मूल्याङ्कन हुने


काठमाडौँ – उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले नेपाल विद्युत प्राधिकरणको वित्तीय विवरण र सम्पत्ति तथा दायित्वको मूल्याङ्कन (डीडीए) गरिने बताएका छन्।

शुक्रवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै मन्त्री खड्काले श्वेतपत्रमार्फत विद्युत प्राधिकरणको वर्तमान यथार्थ सार्वजनिक गरिएको उल्लेख गरे।

“श्वेतपत्रमा अहिलेको जे यथार्थ हो त्यो ल्याइदिएको हो। त्यसको राम्रोसँग अध्ययन गर्नको लागि म सबैलाई सल्लाह पनि दिन चाहान्छु। हामी प्राधिकरणको पछिल्लो अवस्थाको डिडिए गराउँछौं,” उनले भने।

विद्युत प्राधिकरण घाटामा गएको हो भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा मन्त्री खड्काले सबैलाई श्वेतपत्रको राम्रोसँग अध्ययन गर्न सुझाव दिए।

मन्त्री खड्काले अब मुलुकमा लोडसेडिङ नहुने समेत स्पष्ट पारे।

उल्लेखनीय छ कि प्राधिकरणले गत शुक्रवार श्वेतपत्र जारी गर्दै सहायक तथा संवद्ध कम्पनीहरूको प्रवर्द्धनका लागि कुल ४१ अर्ब १३ करोड रुपैयाँ संस्थागत जमानत प्रदान गरेको जानकारी दिएको थियो। साथै, बाँकी भुक्तानीको लागि जगेडा नरहेको हुँदा १० अर्ब रुपैयाँ अल्पकालिन ऋण लिने प्रक्रिया अगाडि बढेको समेत प्राधिकरणले जनाएको थियो।

RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments