24.7 C
Kathmandu
Tuesday, May 13, 2025
spot_img
Homeगृहपृष्ठसांसद शर्माद्वारा नीति तथा कार्यक्रमको छलफललाई "समयको बर्बादी" भनिन्

सांसद शर्माद्वारा नीति तथा कार्यक्रमको छलफललाई “समयको बर्बादी” भनिन्

काठमाडौँ – नेकपा (माओवादी केन्द्र)की सांसद रेखा शर्माले संसदमा हुने नीति तथा कार्यक्रममाथिको छलफल केवल समयको बर्बादी मात्र भएको आरोप लगाएकी छन्।
शुक्रवार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद शर्माले नीति तथा कार्यक्रम महज कर्मकाण्डी रहेको र परम्परा धान्नका लागि मात्र ल्याइएको टिप्पणी गरिन्। उनले यस्ता दस्तावेजमा “कमा र फुल स्टप पनि परिवर्तन नहुने” भन्दै संसदीय छलफलको प्रभावकारिता माथि नै प्रश्न उठाइन्।
“मलाई अनौठो लागिरहेको छ, लोकतान्त्रिक व्यवस्थामा स्थापना भएको सरकारले लोकतन्त्रको विधि अनुसरण गर्न किन अप्ठ्यारो मानिरहेको छ। किन यसमा यति धेरै असहजता महशुस भइरहेको छ,” शर्माले भनिन्।
उनले थप भनिन्, “बाध्य भएर के भन्न बाध्य छौँ भने यो नीति तथा कार्यक्रम कर्मकाण्डी छ, यो नीति तथा कार्यक्रम परम्परा धान्न आएको छ, यसमा कमा र फुल स्टप पनि परिवर्तन हुनेछैनन्। हामीले समयको बरबाद मात्र गरिरहेका छौँ।”
सांसद शर्माले सांसदहरूका सुझावलाई सरकारले बेवास्ता गर्ने गरेको बताउँदै, नीति तथा कार्यक्रमको छलफल र बजेट प्रक्रियाहरूमा आमूल परिवर्तन आवश्यक रहेको जोड दिइन्। उनले सांसदका बहस र छलफललाई समयको बरबादी मात्र नबनाउन र जनताका आश र अपेक्षा पूरा गर्ने दिशामा ध्यान दिन सरकारलाई आग्रह गरिन्।

RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments