काठमाडौं : बुधबार छापावाल सुनको मूल्य ७ हजार ५०० रुपैयाँले घटेको छ ।
मंगलबार, छापावाल सुनको मूल्य प्रतितोला र १ लाख ९७ हजार ९ सय रूपैयाँ कायम भएकोमा आज ७ हजार ५०० रुपैयाँले घटेर १ लाख ९० हजार ४ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार चाँदीको मूल्य प्रतितोला १ हजार ९ सय ७० रूपैयाँ कायम भएकोमा आज ५ रूपैयाँले घटेर १ हजार ९ सय ६५ रूपैयाँ कायम भएको छ ।