Tuesday, January 13, 2026
spot_img
Homeगृहपृष्ठ४८ हजार बढी बालिकालाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप लगाइदै

४८ हजार बढी बालिकालाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप लगाइदै

स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाईका अनुसार सुनसरीमा माघको २२ गतेबाट फागुन २ गते सम्म एचपिभी खोप कार्यक्रम संचालनमा ल्याउन लागिएको छ । खोप अभियानमा सुनसरीका ४८ हजार ८ सय ५६ जना बालिकालाई समेटिने स्वास्थ्य कार्यालयले जनाएको छ ।
इनरुवामा सरोकारवालाहरुको उपस्थितिका बिच अभियान बारे जानकारी गराएको स्वास्थ्य कार्यालयले खोपका लागि सबै विद्यालयमा पुग्ने गरी स्वास्थ्यकर्मीको टोली तयारी अवस्थामा राखिएको जनाएको छ ।
विद्यालयको पहुँच भन्दा बाहिर रहेका उमेर समूह भित्र पर्ने बालिकाहरुको हकमा भने अभियानको अन्तिम दिन फागुन २ गते शिविर खडा गरी खोप लगाइने स्वास्थ्य कार्यालयले जनाएको छ ।
एचभिपी खोप महिलाहरुमा हुने पाठेघरको मुखको क्यान्सर विरुद्धको भएकाले सबै १० देखि १४ वर्ष उमेर भित्रका बालिकाहरुको लागि अनिवार्य रहेको स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख प्रसाईले बताउनु भयो । प्रसाईले निर्धक्कसाथ खोप लगाउन आग्रह समेत गर्नु भएको छ ।
खोप अभियानलाई सुनसरीमा सतप्रतिशत पुर्याउने स्वास्थ्य कार्यालयको लक्ष्य रहेको छ । कार्यालयले अभियानमा साथ र सहयोगका लागि सबै सरोकारवाला समक्ष आग्रह समेत गरेको छ । खोप अभियानबारे जानकारी दिन इनरुवामा आयोजित कार्यक्रममा सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्र सहित सुरक्षा निकायका प्रमुख लगायत सरोकारवालाको उपस्थिति रहेको थियो ।
साभार : धरान टुडे
RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments