Thursday, March 26, 2026
spot_img
Homeगृहपृष्ठअल कुवेत कम्पनिमा कार्यरत अस्मिता गुरुङ सवारी दुर्घटनामा परि सख्त घाइते

अल कुवेत कम्पनिमा कार्यरत अस्मिता गुरुङ सवारी दुर्घटनामा परि सख्त घाइते

दिलकुमार पाख्रीन/ १२ जनवरी, कुवेत। अल कुवेत कम्पनिमा कार्यरत सिन्धुपाल्चोक मेलम्ची-६ कि अस्मिता गुरुङ हिजो शुक्रबार बजारबाट सब्जी किनेर फर्कँदै गर्दा बाटो काट्नने क्रममा बिपरित दिशाबाट आउंँदै गरेको सवारी साधानको ठक्करबाट सख्त घाइते भएकी छिन। हिजो साँझ करिब ४/५ बजेको समयमा फिन्तास स्थित आफ्नो कोठा नजिकैको बजारबाट तरकारी बजारबाट तरकारी किनेर फर्कने क्रममा उक्त घाट्ना भएको उनकि साथीले जानकारी गराएकी छिन। संगै हिंडी रहेकी अर्कि एक जना कुमारी तामाङ भने साधारण उपचारपछी कोठा फर्किएकी छिन।

अस्मिता गुरुङलाइ घटना पछि तुरुन्तै एम्बुलेन्स द्वारा आदान हस्पिटल लगिएको थियो। अहिले उनको स्थिती निकै गम्भीर छ। एकपटिको आँखा खुलेको छैन। अगाडिको दाँत र अनुहार पुर्ण रुपमा चोट पुगेको छ भने घाँटिमा समेत निक्कै चोट परेको कारण घाँटी चलाउन सक्ने स्थितिका छैनन।

गुरुङ एक बर्ष पहिले कुवेत आएकी हुन। उनि ३५ बर्षकी भइन। उनको भिसा समेत सकिएर नयाँ भिसा लगाउन कुवेतको नया कानूनानुसार केही दिन अघि मात्रै फिङ्गर प्रीन्ट गरेको जानकारी छ। यो घाटना सम्बन्धी कम्पनिले कुनै चासो देखाएको छैन। उनकी साथिहरु बेला बेला हस्पिटल गएर भेट्ने र उनको अवस्था बुझ्ने गरिरहेका छन। उनी आदान हस्पिटलको १० नं वार्ड्को बेड ११ मा उपचाररत छिन।

विजय धामी
विजय धामीhttps://rdcreationonline.com
बिजय धामी नेपालका एक स्वतन्त्र पत्रकार हुन्। उनी लामो समयदेखि नेपाली मिडियामा सक्रिय छन् र विशेषगरी टेलिभिजन पत्रकारिताको क्षेत्रमा उनको उल्लेखनीय योगदान रहेको छ। यसरी बिजय धामी आजका नेपाली पत्रकारिता क्षेत्रका अग्रणी र अनुभवी पत्रकारहरू मध्ये एक हुन्।
RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments