Wednesday, April 1, 2026
spot_img
Homeगृहपृष्ठउपप्रधान तथा अर्थमन्त्री पौडेल अस्पतालबाट डिस्चार्ज

उपप्रधान तथा अर्थमन्त्री पौडेल अस्पतालबाट डिस्चार्ज



काठमाडौं । अनुहारमा जलन भएपछि कीर्तिपुर बर्न अस्पतालमा उपचाररत उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल दुई दिनपछि सोमवार डिस्चार्ज भएका छन् । 

अर्थमन्त्रालय सचिवालयका अर्थमन्त्री पौडेल अस्पतालबाट डिस्चार्ज भएको जानकारी दिएको छ । 

पोखरा भ्रमण वर्ष उद्घाटन गर्ने क्रममा गत शनिवार ग्यास भरिएको बेलुन पड्किएपछि अर्थमन्त्री पौडेलसहित पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य जलनमा परेका थिए । जलनमा परेपछि दुवै जनालाई उपचारका लागि पोखराबाट काठमाडौं ल्याएको थियो । 

पोखराका मेयर आचार्यको स्वास्थ्य अवस्था भने सुधारोन्मुख रहेको बताइएको छ । 


RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments