Wednesday, April 1, 2026
spot_img
HomeEnglish Newsप्लाई उद्योगमा आगलागी: ३० घर जोखिममा

प्लाई उद्योगमा आगलागी: ३० घर जोखिममा

घोराही उपमहानगरपालिका–९ खैरास्थित साङ्ग्रिला प्लाई उद्योगमा आगलागी हुँदा करोडौँ रुपैयाँको क्षति भएको छ। 

विद्युत् सर्ट भएर उद्योगमा आगो लागेको हो। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहका अनुसार आठ बिघा क्षेत्रफलमा रहेको उद्योग नजिकका ३० भन्दा बढी घर जोखिममा छन्। ती घरका सामान बाहिर निकालिएको छ भने बासिन्दालाई सुरक्षित ठाउँमा सारिएको छ।

आगलागीले काठ, कच्चा पदार्थ र प्लाई बनाउने मेसिन जलेर नष्ट भएका छन्। गएराति २ बजेदेखि लागेको आगो अझै निभेको छैन। घोराही, तुलसीपुर, लमही, गढवा र कपिलवस्तुबाट ल्याइएका दमकलले आगो निभाउने प्रयास गरिरहेका छन्। नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासी ठूलो सङ्ख्यामा खटिएका छन्। रासस

प्रकाशित: ११ चैत्र २०८१ ०९:२५ सोमबार



RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments