Wednesday, April 1, 2026
spot_img
HomeEnglish Newsसुकेटारमा शनिबारदेखि उडान हुने

सुकेटारमा शनिबारदेखि उडान हुने

गत मंसिर अन्तिम सातादेखि सुकेटार विमानस्थलमा जहाज बसेको छैन । पुष पहिलो साता काठमाडौंबाट उडे पनि खराब मौसमका कारण बीचबाटै फर्किएको थियो । निगमका दुई मध्ये एउटा जहाज बनेकाले तत्कालका लागि सातामा एक उडान राखेको कार्यालयका कुमार गुरुङले जानकारी दिए ।

निगमका दुई वटा जहाज हुँदा सातामा पाँच दिनसम्म पनि काठमाडौं–ताप्लेजुङ उडान तालिका रहेको थियो । ‘तत्कालका लागि सातामा एक तालिका छ,’ कुमारले भने, ‘अर्को पनि मर्मत हुँदै भनिएको छ, पछि उडान थप होला ।’ उडान नियमित हुँदा अशक्त, बिरामी, जरुरी परेकालाई सहज हुने छ । सुकेटारबाट जहाज चढ्न ताप्लेजुङबाहेक पाँचथरको याङवरक, हिलिहाङ र तेहृथुमको आठराई गाउँपालिकाका यात्रु पनि आउने गरेका छन् । अहिले ताप्लेजुङ सदरमुकामबाट जहाज चढ्न झापाको भद्रपुर र मोरङको विराटनगर पुग्नु पर्छ । त्यहाँ पुग्न सदरमुकामबाट कम्तीमा आठ घण्टा लाग्छ ।



RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments