Sunday, April 19, 2026
spot_img
HomeEnglish Newsभारतीय दूतावासले भन्यो: ओडिशा घटनामा आवश्यक सहयोग गर्छाैं

भारतीय दूतावासले भन्यो: ओडिशा घटनामा आवश्यक सहयोग गर्छाैं

ओडिशाको भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजीमा एक नेपाली विद्यार्थीको दुःखद निधनप्रति काठमाडौंस्थित भारतीय दूतावासले गहिरो दुःख व्यक्त गरेको छ।

दूतावासले मृतकका परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दै आवश्यक सहयोगको प्रतिबद्धता जनाएको छ।

दूतावासका अनुसार विश्वविद्यालयका अधिकारीहरू तथा ओडिशा राज्य सरकारसँग निरन्तर सम्पर्क राखिएको छ। स्थानीय अधिकारीहरूले यस घटनाको अनुसन्धान अघि बढाइसकेको जानकारी पनि दूतावासलाई गराएको छ।

यसैबीच, विश्वविद्यालयले नेपाली विद्यार्थीहरूलाई क्याम्पसमा फर्कन, अध्ययन पुनः सुरु गर्न तथा छात्रावासमा फर्किन अपील गरेको छ। विश्वविद्यालयले विद्यार्थीहरूको शैक्षिक क्षतिपूर्ति गर्ने प्रतिबद्धता पनि जनाएको छ।

भारतमा अध्ययनरत नेपाली विद्यार्थीहरू दुई देशबीचको स्थायी जनस्तर सम्बन्धका महत्त्वपूर्ण अंग भएको उल्लेख गर्दै भारतीय सरकारले उनीहरूको हकहित सुनिश्चित गर्न आवश्यक सबै कदम चाल्ने जनाएको छ।

प्रकाशित: ५ फाल्गुन २०८१ २१:११ सोमबार



RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments