HomeEnglish Newsसांसद किराँतीको प्रश्न: ओडिसा घटनाबारे संसदमा बोल्न नियमावलीले छेक्यो की नियतिले ?

सांसद किराँतीको प्रश्न: ओडिसा घटनाबारे संसदमा बोल्न नियमावलीले छेक्यो की नियतिले ?

नेकपा माओवादी केन्द्रका सांसद सुदन किराँतीले ओडिसा घटनाबारे संसदमा बोल्न नियमावलीले छेक्यो की नियतिले भन्दै प्रश्न गरेका छन्।

मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सोमबार ओडिसा घटनाबारे सांसदले कुरा उठाउन खोज्दा सभामुखले रोकेको भन्दै सो प्रश्न गरेका हुन्।

उनले भने, ‘हिजो ओडिसामा भएको घटनाले देश स्तब्ध भएको बेला संसद बेखबर भयो। माननीयहरूलाई यो विषयमा बोल्न प्रतिबन्ध जस्तै गरियो। आज बोल्न मिल्ने हिजो बोल्न नमिल्ने किन हो सभामुख महोदय, कि नियमावलीले छेक्यो की नियतिले रोक्यो ? कि प्रक्रियामा तृटि भयो वा हाम्रो मष्तिकमा पूर्वाग्रह भयो ?’  

प्रकाशित: ६ फाल्गुन २०८१ १४:०१ मंगलबार



RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments