Homeगृहपृष्ठतमू समाज कुवैतले तमू ल्होसार जनवारी १० तारिक मनाउने

तमू समाज कुवैतले तमू ल्होसार जनवारी १० तारिक मनाउने


आर डि क्रीएशन/ १३ जुलाइ, कुवेत। “गुरुङ जातिहरुको मौलिक पहिचान, जातिय उत्थान र एकताको निम्ती सम्पूर्ण तमूहरु एक हौ” भन्ने मुल नारा बोकेर २५ डिसेम्बर २००९’मा स्थापना भएको नेपाली समाज कुवेतको सबै भन्दा जेष्ठ जातिय संस्था ‘तमू समाज कुवेत’ले आफ्नो महान चाड चि-ल्हो (मुसा) तमू ल्होसार आगामी २०२० जनवारी १० तारिक मनाउने समाज को अध्यक्ष राजु गुरुङ ले मिडिया मार्फत जानकारी दिनु भएको छ।

प्रवासी भूमिमा रहेर पनि आफ्नो मौलिक जातिय पहिचान, भाषा, सँस्कार र सँस्कृतिको संरक्षण गर्नुको साथै विभिन्न सामाजिक सेवामा निरन्तर आफ्नो हात फैल्यउदै आइरहेको तमू समाज कुवेतले हरेक वर्ष तमू ल्होसार भब्यताको साथ मनाउदै आइरहेको छ। कुवेतको नेपाली समाजमा पनि धेरै कार्यक्रम को रुपरेखा तयार भएको छ भने आफ्नो स्थापना देखी नै हरेक कार्यक्रम सफल बनाउदैआएको तमू समाज कुवेतले “तमू ल्होसार” (चि-ल्हो बर्ग) को ल्होसार कार्यक्रम लाइ भब्य र सब्य पर्न को लागि आफ्नो गुरुङ पहिचान र मौलिकता झल्काउने खालका नृत्य र गीतहरुले अतिथि हरु लाई समाजका कलाकार भाई बहिनी हरु को जोडदार प्रस्तुती रहने जानकारी दिएको छ। भने कार्यक्रमको लागि हलको खोजीमा रहेको र हल्ल्को टुंगो चाडै नै लगाएर सार्वजनिक गरिने अध्यक्ष राजु गुरुङ ले बताएको छ ।

उक्त दिन हुने कार्यक्रममा कुवेतमा कृयाशिल सम्पूर्ण नेपाली संघ संस्थाका पदाधिकारी, बुद्धिजिवि, समाजसेवी, पत्रकार, कलाकार, खेलाडी साथै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई कार्यक्रममा गरिमामय उपस्थिति जनाई कार्यक्रम लाई सफल बनाइदिनु आयोजकले अनुरोध गरेको छ।

आयोजक : तमू समाज कुवेत
कार्यक्रम : तमू ल्होसार
मिति: १० जनावरी २०२० शुक्रबार

विजय धामी
विजय धामीhttps://rdcreationonline.com
बिजय धामी नेपालका एक स्वतन्त्र पत्रकार हुन्। उनी लामो समयदेखि नेपाली मिडियामा सक्रिय छन् र विशेषगरी टेलिभिजन पत्रकारिताको क्षेत्रमा उनको उल्लेखनीय योगदान रहेको छ। यसरी बिजय धामी आजका नेपाली पत्रकारिता क्षेत्रका अग्रणी र अनुभवी पत्रकारहरू मध्ये एक हुन्।
RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments