HomeEnglish Newsपार्किङ गरिएका गाडीबाट डिजेल चोर्ने पक्राउ

पार्किङ गरिएका गाडीबाट डिजेल चोर्ने पक्राउ

जुम्लामा सडकमा पार्किङ गरिएका गाडीहरूबाट डिजेल चोरी गर्ने कार्यमा संलग्न तीन जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा रामेछापको सुनपाती गाउँपालिका-२ निवासी, हाल जुम्लाको चन्दननाथ-५ मा बसोबास गर्दै आएका तथा कविन्द्र निर्माण सेवा कम्पनी प्रा.लि. मा कार्यरत ४० वर्षीय प्रेमकुमार तामाङ रहेका छन्।

प्रहरी नायब उपरीक्षक (डीएसपी) छेदिलाल कामतीका अनुसार तामाङले कान्तिपुर होटल अगाडि पार्किङ गरिएको बा.प्र. ०१-००४ क ३८०८ नम्बरको टिप्परबाट १८५ लिटर डिजेल चोरी गरेका थिए।

चोरी भएको डिजेल उनले चन्दननाथ नगरपालिका-१, एयरपोर्ट नजिकै रहेको खुद्रा पसलका सञ्चालक राज बुढालाई बिक्री गरेको खुलेपछि अशोक बुढा र राज बुढा समेत पक्राउ परेका छन्।

प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान जारी छ।

प्रकाशित: १२ फाल्गुन २०८१ २३:१७ सोमबार



RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments