Wednesday, April 22, 2026
spot_img
Homeगृहपृष्ठनेपाल थारू संघ बराहक्षेत्रको अध्यक्षमा देवकुमार चौधरी चयन

नेपाल थारू संघ बराहक्षेत्रको अध्यक्षमा देवकुमार चौधरी चयन


बराहक्षेत्र : नेपाली कांग्रेसको भात्री संगठन नेपाल थारू संघ बराहक्षेत्र नगर अध्यक्षमा देवकुमार चौधरी चयन भएका छन्।

संगठनका सुनसरी जिल्ला सचिव मनोज चौधरी सभापतित्व तथा संघका केन्द्रिय सदस्य सुतलाल माझीको प्रमुख आथित्यमा भएको अधिवेशनले चौधरीलाई अध्यक्षमा चयन गरेको हो।

१७ सदस्यीय कार्य समितिमा अध्यक्ष चौधरीका अलावा उपाध्यक्षद्वय जयराम राजधामी र पृथ्वीनारायण चौधरी चयन हुँदा सचिवद्वय बुधनारायण चौधरी र योग नारायण चौधरी निर्विरोध भएका छन्।

त्यसैगरी सह-सचिवद्वय नर्मदा चौधरी र भुपाल चौधरी रहेको उक्त कार्य समितिका सदस्यहरूमा फुलेस्वरी चौधरी, उप नारायण चौधरी, संगिता चौधरी, बेचुलाल चौधरी, तारादेबी चौधरी, गाजल चौधरी, राधा चौधरी, नबिना चौधरी, आकास चौधरी र जानकी चौधरी रहेका छन्।

नवनिर्वाचित अध्यक्ष चौधरीका अनुसार उक्त १७ सदस्यीय कार्य समितिबाट कोषाध्यक्ष, एक सचिव, एक उपाध्यक्ष, एक सहसचिव मनोनयन गरिने छ।

अध्यक्ष चौधरी नेपाली कांग्रेस बराहक्षेत्र नगर कार्यसमितिका सदस्य र क्षेत्रीय प्रतिनिधिसमेत हुन्।




RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments