Wednesday, April 22, 2026
spot_img
Homeखेलकुदविश्वकप फुटबलको छनौट खेल नेपाल कुवेत ५ सेप्टेम्बर बिहिवार साँझ ७:४५ मा...

विश्वकप फुटबलको छनौट खेल नेपाल कुवेत ५ सेप्टेम्बर बिहिवार साँझ ७:४५ मा कुवेतमा हुँदै

आर डि क्रीएशन/३ सेप्टेम्बर, कुवेत। विश्वकप फुटबल २०२२ कतारमा हुन गइरहेको छ। उक्त विश्वकपका लागि छानौट खेल विश्वभरी नै सुरु भैसकेको छ। यसपालिको विश्वकपमा एसियाबाट ८ ओटा देशहरुले विश्वकप खेल्नेछन। तर एसियाबाट ४० देशहरुले विश्वकप खेल्ने इच्छा जाहेर गरेका छन। उक्त ४० देशहरुबाट ८ ओटा देशहरुले मात्र विश्वकप खेल्न पाउनेछन। जसका लागि यतिबेला छनौट खेल धमाधम भैरहेको छ। नेपाल पनि ४० देशहरुमध्य एक देश हुन आएको छ। नेपालले ग्रुप B बाट कुवेत, ताइपेइ, अस्टट्रेलिया र जोर्डनसंग छनौंट खेल खेल्नेछन।

नेपालले छनौट खेलको पहिलो खेल कुवेतमा आगामी बिहिवार ५ सेप्टेम्बरका दिन कुवेतसंग खेल्दैछन। जसका लागि ३५ जना नेपाली राष्ट्रिय फुटबल टोलि गत एक सेप्टेम्बरका दिन नै कुवेत आइसकेका छन। उक्त फुटबल टोलिको ब्यबस्थापन र फुटबल एसोसिएसन कुवेतसंग समन्वय NRNA कुवेतले गरिरहेका छन।

कुवेतमा रहेर फुटबल हेर्न र नेपाली टोलिलाइ समर्थन गर्ने नेपाली दर्शकहरुका लागि NRNA कुवेतले कुवेतसिटि मालिया देखि खेलमैदानसम्म यातायातको ब्यबस्था समेत गरेका छन। कुवेतको विभिन्न स्थानबाट मालियासम्म आफै आएको खन्डमा खेल मैदान सबैलाइ थाहा नभएको हुन सक्ने भएकोले मालियाबाट खेलमैदान सम्मको लागि एन आर एन ए कुवेतले यातायातको ब्यबस्था गरेको अध्यक्ष सुजन केसिले आर डि क्रीएशनलाई जानकारी दिएका छन।

उक्त दिनको खेल हेर्न आउने नेपाली दर्शकहरु छरपस्ट नभइ एकीकृत भएर समर्थन गरौँ भन्ने हेतुले एन आर एन ए कुवेतले सबैलाइ २ केडिको टिकट लिन समेत आग्राह गरेको छ। टिकट १,२ र ३ केडिमा बेचिरहेको कुवेत फुटबल एसोसिएसनले जनाएको छ। नेपाली दर्शकहरुले कसैले १ कसैले २ कसैले ३ केडिको टिकट काट्दा नेपालिहरु छरपस्ट हुने हुँदा सबैलाइ एकै ठाउँमा बस्न आग्राह गर्दै एन आर एन ए कुवेतले २ केडिको टिकट लिनको लागि अनुरोध गरेका छन। साथै यो कुवेतको राष्ट्रिय टिम र खेलाडी भएकोले उक्त खेलमा उच्च सुरक्षा नीति अपनाइएकोले कसैले पनि मादक पदार्थ सेवन वा लिएर न आउन पनि अनुरोध गरेका छन। समर्थन गर्दा सभ्य भाषा शैली प्रयोग गर्दै आवान्छित तथा उछृङखल कृयाकलाप नगरिदिनुहुन पनि एन आर एन ए कुवेतले दर्शकहरुलाइ अनुरोध गरेका छन।

खेल स्थानिय समय अनुसार साँझ ७:४५ मा कैफान स्थिती स्पोर्टिङ क्लबको स्टुडियुममा हुनेछ। जो मालियादेखी १० मिनेटको दुरिमा अवस्थित छ।

विजय धामी
विजय धामीhttps://rdcreationonline.com
बिजय धामी नेपालका एक स्वतन्त्र पत्रकार हुन्। उनी लामो समयदेखि नेपाली मिडियामा सक्रिय छन् र विशेषगरी टेलिभिजन पत्रकारिताको क्षेत्रमा उनको उल्लेखनीय योगदान रहेको छ। यसरी बिजय धामी आजका नेपाली पत्रकारिता क्षेत्रका अग्रणी र अनुभवी पत्रकारहरू मध्ये एक हुन्।
RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments