Thursday, April 23, 2026
spot_img
Homeगृहपृष्ठमोरङको केराबारी गाउँपालिका वडा नं ६ डाँगी तामाङ टोलको कुलोमा मृत शव...

मोरङको केराबारी गाउँपालिका वडा नं ६ डाँगी तामाङ टोलको कुलोमा मृत शव भेटियो।

आर डि क्रीएशन/ १८ कार्तिक। आज बिहान करिव ६ बजे मोरङ जिल्लाको केराबारी गाउँपालिका वडा नं ६ डाँगि तामाङ टोलको कुलोमा शान्तिनगर १ खनी गौँडा बर्नेकमान झापाका ४१ बर्षिय बरुण तामाङको शव मृत अवस्थामा भेटिएको छ।

मृतक बरुण हिजो मात्र झापाबाट आफन्त भेटघाटका लागि डाँगी आएको आफन्तले बताएका छन। डाँगिमा उनको काका र ससुरालिलाइ भेट्न हिजो साँझ ४ बजेतिर आइपुगेका बरुण आज बिहान सबेरै मृत अवस्थामा भेटिएको हो। आफन्तका अनुसार उनले मदिरापान सेवन गरेका थिए। आफान्तको अनुसार काकाकहाँ खाना खाँदै गर्दा “पुलिस आयो मलाइ पुलिसले लखेट्दै छ।” भन्दै हत्तपत्त बाहिर निस्केर उनको जेठान र सालाकहाँ पुगेका थिए। राती ९/१० बजे मृतक बरुणका सालाले सुत्नको लागि आग्रह गर्दा जबर्जस्ती सुस्तमनस्थितिको जस्तो व्यबहार गरि निस्केको र राती उनलाइ पछ्याउँदै गए पनि भेट्न नसकेको उनले बताए। घट्नास्थलमा उपस्थित भएकाहरुले मदिरापान सेवनको कारण कुलोमा लड्दा पानीमा डुबेर मृत्यु भएको प्रतिक्रिया दिएका छन।

प्रहरिले घट्नास्थलको मुचुल्का बनाइ उनका काका बिरेन्द्र तामाङ र साला दावाछिरिङ तामाङको रोहवरमा शवलाइ उठाएर पोस्टमार्टमका लागि शव वहानद्वारा मंलाबारे पठाइएको छ। मृतकका परिवार घट्नास्थलमा अवेर भएकोले मंगलबारे पोस्टमार्टम गर्न लगिएको हस्पिटलमा नै बोलाइएको छ।

विजय धामी
विजय धामीhttps://rdcreationonline.com
बिजय धामी नेपालका एक स्वतन्त्र पत्रकार हुन्। उनी लामो समयदेखि नेपाली मिडियामा सक्रिय छन् र विशेषगरी टेलिभिजन पत्रकारिताको क्षेत्रमा उनको उल्लेखनीय योगदान रहेको छ। यसरी बिजय धामी आजका नेपाली पत्रकारिता क्षेत्रका अग्रणी र अनुभवी पत्रकारहरू मध्ये एक हुन्।
RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments