Wednesday, April 22, 2026
spot_img
HomeEnglish Newsअमेरिकाको न्यु मेक्सिकोमा गोलीबारी: तीनको मृत्यु, १५ घाइते

अमेरिकाको न्यु मेक्सिकोमा गोलीबारी: तीनको मृत्यु, १५ घाइते

अमेरिकाको न्यु मेक्सिको राज्यमा राति भएको गोलीबारीमा तीन जनाको मृत्यु भएको छ भने १५ जना घाइते छन्।

लास क्रुसेस प्रहरीको फेसबुक पोस्टअनुसार, स्थानीय समय राति १० बजेतिर भएको सशस्त्र आक्रमणमा दुई १९ वर्षीय र एक १६ वर्षीय किशोरको मृत्यु भएको छ। मृतकको पहिचान अझै खुलेको छैन।

प्रहरीका अनुसार घाइतेहरू १६ देखि ३६ वर्ष उमेर समूहका छन्। आक्रमणको सम्बन्धमा अहिलेसम्म कोही पक्राउ परेका छैनन्, तर प्रहरीले विभिन्न सुराग खोज्ने काम तीव्र बनाएको छ। 

लस क्रुसेसका प्रहरी प्रमुख जेरेमी स्टोरीले पत्रकार सम्मेलनमा भने, ‘यङ्ग पार्कमा भएको एउटा अवैध कार शोमा दुई समूहबीच झगडा भएपछि गोली चल्यो।’ उनले घटनास्थलबाट पेस्तोल फेला परेको पनि जानकारी दिए। फेसबुक पोस्टमा घाइतेको संख्या १४ बाट बढेर १५ पुगेको छ।

लस क्रुसेस फायर चीफ माइकल डेनियलले पत्रकार सम्मेलनमा भने, ‘सात घाइतेलाई थप उपचारका लागि स्थानीय अस्पतालबाट एल पासो लगिएको छ। चार जनाको उपचारपछि डिस्चार्ज भइसकेको छ, तर बाँकी चार जनाको अवस्था अझै थाहा छैन।’

उनको भनाइ छ, ‘यो हाम्रो समुदायका लागि दुखद दिन हो। म सबैलाई एकजुट भएर यो घटनाको सामना गर्न आग्रह गर्छु।’ शनिबारको इन्स्टाग्राम पोस्टमा लस क्रुसेस सिटी काउन्सिलर तथा मेयर प्रो टेम जोहाना बेन्कोमोले यो गोलीकाण्डलाई ‘हिंसाको जघन्य कार्य’ भनेकी छन्। 

उनको तर्क छ, ‘यो घटनाले हाम्रो शहरलाई शोकमा डुबाएको छ। पीडित र प्रभावित परिवारप्रति मेरो मन दुख्छ।’ लस क्रुसेस अमेरिका–मेक्सिको सीमाबाट करिब ४१ माइल उत्तरमा चिहुआहुआन मरुभूमिको किनारमा पर्छ। एएनआई

प्रकाशित: १० चैत्र २०८१ १३:२१ आइतबार



RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments