Wednesday, April 22, 2026
spot_img
HomeEnglish Newsआठ अर्ब ३१ करोड ९१ लाख राजस्व असुली

आठ अर्ब ३१ करोड ९१ लाख राजस्व असुली

तनहुँस्थित आन्तरिक राजस्व कार्यालयले चालु आर्थिक वर्षको आठ महिनामा रु आठ अर्ब ३१ करोड ९१ लाख राजस्व असुली गरेको छ। यो रकम निर्धारित लक्ष्यमा एक प्रतिशतले कम हो।

कार्यालयलाई रु आठ अर्ब ४० करोड १७ लाख राजस्व असुली गर्ने लक्ष्य दिइएकामा ९९ प्रतिशत लक्ष्य पूरा भएको उक्त कार्यालयका प्रमुख लालबहादुर खत्रीले बताए। कार्यालयले चालु आवमा रु १४ अर्ब ९३ करोड ५४ लाख ६९ हजार असुली गर्ने लक्ष्य लिएको छ।

तनहुँ कार्यालयमा २५ हजार करदाता करको दायरमा समाहित छन्।  यहाँ लमजुङ, गोर्खा र मनाङका उद्यमी–व्यवसायीले पनि राजस्व दाखिला गर्दै आएका छन्।  

पम्पसहितको पानी ट्याङ्की निर्माण

डिभिजन वन कार्यालयले आगलागीका बेला प्रयोग गर्न  रु तीन लाख ८५ हजार लागतमा चार हजार दुई सय लिटर क्षमताको पम्पसहितको पानी ट्याङ्की निर्माण गरेको छ।

सुक्खायाममा आगलागीका घटना हुने भएकाले पूर्वतयारीस्वरुप पानी ट्याङ्कीको व्यवस्था गरिएको वन अधिकृत शरद्कुमार अधिकारीले बताए। रासस

प्रकाशित: १४ चैत्र २०८१ ०९:५० बिहीबार



RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments