Wednesday, April 22, 2026
spot_img
HomeEnglish Newsप्रत्युषा र प्रयासजंगको स्वर्णसहित नेपाललाई ६ पदक

प्रत्युषा र प्रयासजंगको स्वर्णसहित नेपाललाई ६ पदक

प्रत्युषा खतिवडा र प्रयासजंग चौहानको स्वर्णसहित नेपालले १६औं विश्व योगा च्याम्पियनसिपमा कुल ६ पदक जितेको छ।

मलेसियामा सम्पन्न च्याम्पियनसिपमा नेपालले दुई स्वर्ण, एक रजत र तीन कांस्य पदक पनि जितेको तारकेश्वर नगर खेलकुद विकास समितिका अध्यक्ष विक्रम खड्गीले जानकारी दिए।

क्वालालम्पुरमा भएको च्याम्पियनसिपमा प्रयासजंगले ९ देखि ११ वर्ष उमेरसमूहमा र प्रत्युषाले १२ देखि १४ वर्ष उमेरसमूहमा नेपाललाई स्वर्ण पदक दिलाएका हुन्।

९ देखि ११ वर्ष उमेरसमूहमा अमिष पटेलले रजत पदकमा चित्त बुझाए। प्रत्युषा र अमिष दुवै तारकेश्वर नगरपालिकाका हुन्।

९ देखि ११ वर्ष उमेरसमूहमा किरन मगर र संस्कृति चौलागाईं तथा १५ देखि १७ वर्ष उमेरसमूहमा सुन्दर सार्कीले कांस्य पदक प्राप्त गरे।

च्याम्पियनसिपमा कुल २३ राष्ट्रका एक सय ५३ खेलाडीले प्रतिस्पर्धा गरेका थिए। नेपालबाट भने कुल ३१ जना खेलाडीको चुनौती रहेको थियो।

प्रकाशित: २५ चैत्र २०८१ २२:४६ सोमबार



RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments